२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण



अ+ अ-

एजेन्सी । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशासा साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ । आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ ।

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर–उल–हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिनुभएको थियो ।