२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

७० वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माइन्

७० वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माइन्
अ अ+ अ-

एजेन्सी । युगान्डाको कम्पालामा एउटा अचम्मको घटना बाहिर आएको छ । मानिसहरु आफ्नो शारीरिक फिटनेसमा मात्र ध्यान दिने उमेरमा एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । तर, उनले आईभीएफको सहयोगमा बच्चा जन्माएकी हुन् ।

ती वृद्ध महिला ७० वर्षकी रहेकी छन् । उनको नाम सफिना नामुकवाया हो । यो घटनाको बारेमा थाहा पाउने बित्तिकै मानिसहरू स्तब्ध भए । अस्पतालमा शल्यक्रिया गरेर बालकको जन्म भएको हो ।

सफिना नामुक्वेया आईभीएफमार्फत गर्भवती भइन् । उनी स्वस्थ बच्चा जन्माउने अफ्रिकाको सबैभन्दा वृद्ध महिला मध्ये एक बनेकी छिन् । अहिले उनी मिडियामा निकै चर्चामा छिन् । सफिनाले टेस्ट ट्युब बेबी प्रविधिबाट यी जुम्ल्याहा छोरा र छोरीलाई जन्म दिएकी हुन् । यो चिकित्सा विज्ञानको चमत्कार नभएर मानिसको जीवन जिउने साहस र शक्तिको उदाहरण भएको अस्पतालले जनाएको छ ।

सफिनाका लागि यी क्षणहरू चमत्कारभन्दा कम छैनन् र अस्पतालले पनि सफिनाको साहसको प्रशंसा गरेको छ । डा. एडवर्ड तामाले सालीले सफिनाका लागि टेस्ट ट्युब बेबी प्रविधि प्रयोग गरेको बताए, जसमा डोनरको अण्डा र सफिनाको पार्टनरको शुक्रकीटबाट बच्चा बनाइएको थियो ।

बच्चाहरू अलि चाँडो अर्थात् ३१ हप्तामा जन्मेका थिए, तर डाक्टरले भने कि उनीहरू अहिले ठीक छन् र इन्क्युबेटरमा हेरचाह भइरहेको छ । युगाण्डाको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा सफिनाले दुई बच्चा आफ्नो घरमा आउँदै गरेको थाहा पाएपछि कसरी उनको पार्टनरले उनलाई एक्लै छोडेको बताइन् । उनले दुःखी हुँदै भनिन्, ‘पुरुषलाई आफ्नी श्रीमतीले एकभन्दा बढी बच्चा जन्माएको मन पर्दैन । म अस्पताल आएदेखि उहाँ मलाई भेट्न आउनुभएको छैन ।’

सफिनाको कथाले देखाउँछ कि जीवनमा खुशीसँगै कठिनाइ पनि आउँछ तर हिम्मत हार्नुहुँदैन ।