११ मंसिर २०८१, मंगलवार
,
Latest
को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसङघ धान झाँट्दै बाबुराम- फोटो फिचर विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द रवि लामिछानेलाई आज बेलुकी काठमाडौं ल्याइने आईपीएल मेगा अक्सनमा १८२ खेलाडी बिके, ऋषभ पन्त इतिहासकै महँगा खेलाडी सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन फेरी लामो कपाल पाल्दैछन् धोनी ?



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्ना फ्यानमाझ सधैं लोकप्रिय छन् । उनका भिडियोहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुने गरेका छन् । पछिल्लो समय माही फेरि लामो कपालका कारण चर्चामा छन् । धोनीले आईपीएल २०२४ अघि लामो कपाल राख्नुको कारण खुलासा गरेका छन् । धोनीले एक कार्यक्रममा भने, उनले फेरि किन लामो कपाल राखेका छन् ?

भारतीय टीमका पूर्व कप्तान एमएस धोनीले २००७ को टी–२० विश्वकप जितेर आफ्नो लामो कपाल काटेका थिए । त्यसपछि क्रिकेट फ्यानहरूले उनलाई धेरै फरक हेयरस्टाइलमा देखे, तर सबैले अझै पनि धोनीको लामो कपाल मन पराउँछन् ।

यस्तो अवस्थामा आईपीएल २०२४ अघि धोनीले फेरि एकपटक लामो कपाल राखेका छन् । एक कार्यक्रममा धोनीले लामो कपाल राख्नुको कारण बताउदै नयाँ हेयरस्टाइल कायम राख्न निकै कठिनाइको सामना गर्नुपर्ने बताए । फ्यानहरूले धेरै मन पराउने भएकाले लामो कपाल राखेको धोनीले बताए । तर, उनले थप कठिनाइ भए कपाल छोटो पार्ने पनि बताए ।

यससँगै धोनीले यो हेयरस्टाइल राख्न गाह्रो भएको बताए । ‘पहिले २० मिनेटमा मात्रै तयार हुन्थ्यो तर अहिले १ घण्टा १० मिनेट लाग्छ । म यो गरिरहेको छु किनभने फ्यानहरूले यसलाई मन पराउँछन्, तर एक दिन म यसलाई काट्नेछु ।’ उनले भने ।

धोनीले आफ्नो कप्तानीमा भारतीय टोलीलाई तीनवटै आईसीसी उपाधि जिताउन सफल भएका छन् र त्यो गर्ने उनी एक मात्र कप्तान हुन् । धोनीले भारतलाई टी–२० विश्वकप २००७, विश्वकप २०११ र च्याम्पियन्स ट्रफी २०१३ को उपाधि दिलाएका थिए । योसँगै आईपीएलमा उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँच पटक उपाधि जितेको छ ।