२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

टाइम ट्राभलको अचम्मको कथाः सन् १९५८ बाट आएको व्यक्ति २०५० मा पुगेको दाबी

टाइम ट्राभलको अचम्मको कथाः सन् १९५८ बाट आएको व्यक्ति २०५० मा पुगेको दाबी
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

एजेन्सी । विश्वमा लामो समयदेखि ‘टाइम ट्राभल’को चर्चा चलिरहेको छ । यस्ता धेरै हलिउड फिल्म पनि बनेका छन् । यसमा टाइम ट्राभललाई निकै अनौठो तरिकाले देखाइएको छ, तर सबैभन्दा ठूलो प्रश्न यो हो कि, के कसैले समयमै यात्रा गर्न सक्छ ? के भविष्यमा समय यात्राको लागि टाइम मेसिन बनाउन सकिन्छ ? समय यात्राको अवधारणाले लामो समयदेखि वैज्ञानिकहरूलाई समेत आकर्षित गरेको छ ।

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले १९०५ मा सापेक्षता नामक सिद्धान्त दिए, जसमा उनले ब्रह्माण्डमा समय र स्थान एक बेड सिटजस्तै एकअर्कासँग जोडिएको बताए ।

आइन्स्टाइनको सिद्धान्तका अनुसार गुरुत्वाकर्षण बलको प्रभावले यो बेडसिट तलतिर झुक्छ, जसका कारण रेखामा परिवर्तन देखिन्छ । अहिलेका वैज्ञानिकहरूले यस सिद्धान्तमा आधारित समय यात्राका धेरै विधिहरू पत्ता लगाएका छन्, जसको प्रयोग गरेर समय यात्रा गर्न सकिन्छ ।

धेरै मानिसहरू विश्वास गर्छन् कि टाइम ट्राभल सम्भव छ, तर प्रमाण के छ ? संसारमा धेरै मानिसहरू छन् जसले समय मार्फत यात्रा गर्ने दाबी गर्छन् । आज हामी तपाईलाई एउटा अनौठो दाबी गर्ने व्यक्तिको कथा सुनाउनेछौँ । यो व्यक्तिको दावीले मानिसहरूलाई सोच्न बाध्य तुल्यायो । मानिसले आफू कम्तिमा ८१ वर्ष अगाडिको संसारबाट आएको र २७ वर्ष अगाडिको संसारमा गएको बताउँछन् ।

मिडिया रिपोर्टका अनुसार व्यक्तिको नाम सर्गेई पोनोमारेन्को हो । यो सन् २००६ को कुरा हो । युक्रेनको राजधानी किभमा यी व्यक्तिले अधिकारीहरूलाई आफू सन् १९५८ देखि फर्किएको बताए । मानिसहरूले सोचे कि यो व्यक्ति झुटो वा पागल हो । ती व्यक्तिले पुरानो जमानाको लुगा लगाएका थिए र उनको घाँटीमा पुरानो जमानाको क्यामेरा झुण्डिएको थियो । यो देखेर मानिसहरु अचम्ममा परे । अगाडी बढ्दै जाँदा मामिला जटिल बन्दै गयो ।

उक्त व्यक्तिले आफू सन् १९३२ देखि सन् २००६ सम्म आएको बताए । उनले प्रमाणका रूपमा केही कागजातहरू देखाए, जुन सन् १९५० को थियो । त्यतिबेला उनी जम्मा २५ वर्षका थिए र उनले आफ्नो क्यामेरामा खिचेको फोटो पनि देखाए । यो तस्बिरमा एउटी प्रेमिका पनि थिइन् । यससँगै उनले युएफओको फोटो पनि देखाए । यो फोटो खिचेपछि आफूलाई भविष्यमा ल्याएको उनले बताए ।

सर्गेई पोनोमारेन्कोलाई पहिले कसैले पनि विश्वास गरेका थिएनन् । तर, पछि यो नामको व्यक्ति सन् १९५८ मा बेपत्ता भएको खुलासा भयो । त्यसपछि अधिकारीहरूले उनकी प्रेमिकालाई फेला पारे जो ७० वर्षकी थिइन् । प्रेमिकाले आफ्नो प्रेमी अचानक बेपत्ता भएको बताइन् । व्यक्तिसँग सन् २०५० अर्थात् भविष्यको तस्विर पनि थियो, जसमा उनी बूढो देखिन्थे । डाक्टरलाई देखेपछि उ रातारात गायब भयो ।

उसको सम्पूर्ण कथाले मानिसहरूलाई अलमलमा पारेको थियो, तर एक युट्युबरले केस समाधान गर्ने तरिका फेला पारे । उनका अनुसार ती व्यक्तिले खिचेका तस्बिरहरू युक्रेनी टिभीमा शो एलियन्सका हुन् । तस्बिर ७० को दशकको हो, जसलाई फोटोसप गरिएको हो, तर उनले पनि थप केही बताउन सकेनन् । न गर्लफ्रेन्डको कथा न त डाक्टरको कथामा कसैले सफाइ दिन सक्यो ।