७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह सरकारसँग असन्तुष्ट



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो ।

प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् ।

भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । २०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछिको दुई वर्षमा चन्द समूहबाट ४ सर्वसाधारण र सुरक्षा कारवाहीमा चन्द समूहका ४ जनाको ज्यान गएको थियो । प्रतिबन्ध फुकुवापछि चन्द समूह मूलधारको राजनीतिमा आइसकेको छ ।  कान्तिपुर दैनिकमा समाचार छ ।