७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । ​बिहान ८ बजेका लागि माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बेलाएकी हुन् । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । 

यसअघि फागुन १ र २ मा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई अधिकार दिएको थियो । 

पछिल्लो सयम एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।