२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ हुँदै



अ+ अ-

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ आयोजना गर्ने भएको छ । नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्क रुपमा आवदेन दिन सक्नेछन् । 

प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशकका रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डङ्गोलले बताउनुभयो । डङ्गोलका अनुसार काल्पनिकरुपमा विद्यार्थीले कम्तीमा बीस पानामा शहरको परिकल्पना बनाउन सक्नेछन् । 

प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडौं उपत्यकाको डिजाइन, भूगोल,  वास्तुकला,  समाज र सभ्यता, विज्ञानप्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु,  नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवत्र्तन,  धर्म र शिक्षा प्रणाली,  सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबर्ड हल, व्यावसायिक केन्द्र, कला तथा मनोरञ्जन, अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
    
विद्यार्थीले आवेदन दिने प्रक्रिया ‘डिजाइन काठमाडौं कन्टेष्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्न, डिजाइन तयार पार्नुपूर्व चाहिने आवश्यक खुराक वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ ।
    
आयोजकका अनुसार यसबाट विद्यार्थीको सिर्जना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरुको बुझाइ थप मजबुत हुनेछ । यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विविध शोधसामग्री अध्ययन तथा शोध गर्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ । बौद्धिक प्रतिस्पर्धीमा विजयीले रु दश हजार, रु पाँच हजार र रु  दुई हजार पुरस्कार पाउनेछन् । रासस




भर्खरै