११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुञ्जिन छाड्यो होलीका गीत



अ+ अ-

–शङ्खर पहाडी 

सर्लाही । रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ ।  

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा (होली) गीत लोप हुन थालेको जनाउँदै स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । पहिले गाउँघरमा होली आएको भन्ने जानकारी फागु गीत गाएर गराइन्थ्यो । यस्ता गीत बन्द भएको लालबन्दी नगरपालिका–७ का  उमाशङ्कर साहले जानकारी दिनुभयो । 

‘जोगिरा सर..र..र… कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम’ भन्ने गीत अब कमै सुन्न पाइन्छ, कविलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश राय बताउनुहुन्छ ।  “पहिलेपहिले त गाउँका बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाउँथे तर अब जोगिरा नसुनेको पनि धैरै भयो”, उहाँले भन्नुभयो ।

समयको परिवर्तन र गाउँका युवा रोजगारीका लागि छिमेकी देश भारतलगायत खाडी मुलुकहरुमा गएकाले पनि गाउँघरबाट फागु गाउने परम्परा लोप हुन थालेको सलेमपुरकै ठगा साहले बताउनुहुन्छ  । होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा न त अब होलीको रौनक छ, न त माधुर्य नै, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी बताउनुहुन्छ । आपसी प्रेम, भाइचारा र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको उहाँको भनाइ छ । पश्चिमा संस्कृतिको प्रवेशसँगै नेपालीका परम्परागत कलासंस्कृति दिन प्रतिदिन लोप हुन थालेका स्थानीयवासी केदार मैनालीले बताउनुहुन्छ ।

होलीपर्व आउन करीब दुई साता समय रहेको भए पनि परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । नेपालीको विश्वमा आफ्नै पहिचान भएका कारण नेपालीको संस्कृति परम्परा, मूल्यमान्यताको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा छोटेलाल साहले बताउनुभयो ।

अहिले स्थानीय सञ्चारमाध्यममा र बजारमा  बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि आक्रमण गरेका छन् । आधुनिकताले गर्दा पवुरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ । यसको रौनकता नै समाप्त भएर जान लागेको अग्रज शम्भु घिमिरेले बताउनुभयो । 

पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ भने दिन प्रतिदिन होलीको परम्परागत विश्वास पनि लोप हुने अवस्थामा पुगेको जनाउँदै अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् । रासस