२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको अगाडि आत्मसमर्पण गर्दैनौं, कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं : माधव नेपाल



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपालले केपी ओली समक्ष धुँडा टेक्ने, आत्मसमर्पण गर्ने, टाङ्गमुनि नछिर्ने बताउनु भएको छ । आफू निकट विद्यार्थी संगठनको कार्यक्रममा नेता नेपालले भन्नुभयो, कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनु भएका नेता नेपालले भन्नुभयो, मैदानबाट भाग्दैनौं, पार्टी फुटाउँदैनौं । केपी ओलीको चुरीफुरी दुई दिनको भएको भन्दै नेता नेपालले भन्नुभयो, प्रधानमन्त्री पदबाट खुस्केको दिन उहाँको हावा खुस्किन्छ ।

आफू निकट व्यक्तिहरुले आफ्नो साथ छाडेको भन्दै नेता नेपालले बाधाहरुलाई पन्छाउँदै नदीहरु अघि बढेझैं आफूहरु पनि अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले राजवादीहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै नेता नेपालले त्यो सफल हुन नदिने दाबी गर्नुभयो । 

उहाँले प्रधानमन्त्री ओलीलाई नेपाली हिटलरको उपमा दिँदै भन्नुभयो, "पार्टीका सबै अधिकार आफूमा केन्द्रित गरेर ओली हिटलर बन्ने प्रयासमा छन्" । 




भर्खरै