२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलको सिसिटिभी फुटेज स्टोरेज क्षमता ६१ दिन पुर्‍याइयो



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सिसिटिभी फुटेजको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइएको छ ।

विमानस्थल प्रशासनले विमानस्थलभित्र रहेका ५ सय वटा सीसीटीभी क्यामेरा ६१ दिनको पुर्‍याइएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा आवबाट क्षमता ३ महिनासम्मको हुने गरी काम थालिएको बताएका छन् । जसको लागि १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गरिएको छ ।

यो २७ असोज २०८० मा सरोकारवालाको बैठक बसी कार्य अगाडि बढाइएको उनले बताएका छन् । यसअघि विमानस्थलले आव २०७८/७९ मै ३ महिना स्टोरेज क्षमता बढाउन माग गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड(१९ का कारण देखाउँदै बजेट नदिएको उनले बताए।

विमानस्थल भित्रका सीसीटीभीको अपरेशन र सर्वेलेन्सको काम नेपाल प्रहरीले गर्दै आएको प्रशासनले जनाएको छ । विमानस्थल भित्र १७० भन्दा बढी निकाय कार्यरत छन् ।