२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलको सिसिटिभी फुटेज स्टोरेज क्षमता ६१ दिन पुर्‍याइयो



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सिसिटिभी फुटेजको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइएको छ ।

विमानस्थल प्रशासनले विमानस्थलभित्र रहेका ५ सय वटा सीसीटीभी क्यामेरा ६१ दिनको पुर्‍याइएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा आवबाट क्षमता ३ महिनासम्मको हुने गरी काम थालिएको बताएका छन् । जसको लागि १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गरिएको छ ।

यो २७ असोज २०८० मा सरोकारवालाको बैठक बसी कार्य अगाडि बढाइएको उनले बताएका छन् । यसअघि विमानस्थलले आव २०७८/७९ मै ३ महिना स्टोरेज क्षमता बढाउन माग गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड(१९ का कारण देखाउँदै बजेट नदिएको उनले बताए।

विमानस्थल भित्रका सीसीटीभीको अपरेशन र सर्वेलेन्सको काम नेपाल प्रहरीले गर्दै आएको प्रशासनले जनाएको छ । विमानस्थल भित्र १७० भन्दा बढी निकाय कार्यरत छन् ।