७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिम्मत भए सरकारलाई दिएको समर्थन फिर्ता लिए हुन्छ – सांसद खगराज अधिकारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन असफल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्नु भएको  छ ।  

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोन्दै सांसद अधिकारीले ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भएपनि नेकपा एमालेदेखि सातो गएको बताउनु भयो ।

उहाँले भन्नुभयो,  लोकतन्त्रको कुरा गरे पनि चुनावमा जान किन डराउने ?

सांसद अधिकारीले आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भयो ।