२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

हाम्रा मागका बारेमा कुरा हुँदैछ, सहमति नजिक भए पनि कुरा मिलिसकेको छैनः राजेन्द्र महतो

हाम्रा मागका बारेमा कुरा हुँदैछ, सहमति नजिक भए पनि कुरा मिलिसकेको छैनः राजेन्द्र महतो
अ अ+ अ-

काठमाडाैंः जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएको हो ।

पहिले मुद्दा मामिलाको काम अगाडी बढेमा सत्ता समीकरण लगायतको विषयमा कुरा गर्ने उहाँले बताउनुभयो । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत भएको भन्दै उहाँले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको छ । काम होस् भन्ने हामीले चाहेको । पहिले मुद्दा मामिलाको अगाडी बढोस् न । अनि बाँकी कुरापनि गरौँला नी त ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताउनुभयो । माग पुरा गर्ने आश्वासन आएको भएपनि देखिने गरी काम नभएको बताउनुभयो ।

छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी गएका थियौँ । हामीले त्यहाँ ४ वटा विषयहरु उठाइरहेका छौँ । जुन हाम्रो माग हो । त्यो मागलाई आश्वासन अस्तिदेखि पाइराख्या छौं । भन्या पनि हो पोजेटिभ कुरा चलिराखेको छ । तर देखिने गरी काम आएकै छैन । काम हुनुप¥यो । उहाँहरु सहयोग मागिराख्नुभएको छ भने आज पनि हाम्रो छलफलमा, काममा हेर्नुप¥यो । काम गरेर देखाउनुप¥यो । त्यसपछि मात्रै हामी निर्णय गछौँ भन्नेकुरा ग¥यौँ । उहाँले देखाउँछु भन्नुभएको छ हेर्दै जाउँ ।’

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको बताउनुभयो । रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कुनैपनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरुले कुनैपनि शर्तबन्दी राख्नुभएको छैन । हामीबीचमा कुनैपनि शर्तबन्दी छैन । रेशम चौधरी, मधेस आन्दोलन लगायतका विषयमा उहाँहरुले भन्नुभएको छ । सत्ता साझेदारी गर्नेकुरा त्यहाँ उठिरहेको छैन ।’

अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङ्ले बताउनुभयो  । दुईपार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समिकरण हुनसक्ने पनि उहाँले बताउनुभयो ।