२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो



अ+ अ-

एजेन्सी । इजरायल—हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ । गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् ।

१.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसंख्याको लगभग ८५ प्रतिशत बिस्थापित भएका छन् । यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।