११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी पास गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग अनुरोध गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एमसीसीसहित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हितमा भएको संसद्बाट एमसीसी पास गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । लोसपा अध्यक्ष ठाकुरले आफ्नो पार्टी एमसीसी पारित गर्ने सन्दर्भमा सकारात्मक रहेको जवाफ दिनुभएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले संसद्मा एमसीसीलाई टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटाले नमाने उहाँको विकल्प खोज्न सकिने र त्यसका लागि सहयोग गर्न ठाकुरसँग आग्रह गर्नुभएको थियो ।