२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी पास गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग अनुरोध गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एमसीसीसहित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हितमा भएको संसद्बाट एमसीसी पास गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । लोसपा अध्यक्ष ठाकुरले आफ्नो पार्टी एमसीसी पारित गर्ने सन्दर्भमा सकारात्मक रहेको जवाफ दिनुभएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले संसद्मा एमसीसीलाई टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटाले नमाने उहाँको विकल्प खोज्न सकिने र त्यसका लागि सहयोग गर्न ठाकुरसँग आग्रह गर्नुभएको थियो ।