२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ: देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ ।

आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले नेता स्व. भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताउनु भयो । उहाँले नेता भट्टराईको खोनिनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भट्टराईजीका बारेमा जति बोलेपनि पुग्दैन । उहाँ निर्लोभी, कुनैपनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो । वास्तवमा उहाँको विषयमा खोजिनीति हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा कितावमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ । कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ । हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि र यो अहिले पनि विभिन्न किसिमका कुराहरु आइरहेका छन् । अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ । यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ । गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो ।’

सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।