२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बन फुकुवा माग गर्दै कोइरीले दिए संसद सचिवालयमा निवेदन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

अदालतले हत्या आरोपमा कोइरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण उनलाई संसदबाट निलम्बन गरिएको थियो ।

मंसिर २८ मा महोत्तरी जिल्ला अदालतले  सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवासहित अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका हुन् । संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको जानकारी दिए ।

महोत्तरी–१ बाट निर्वाचित कोइरीलाई मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोप लगाईएको थियो ।