२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईचार जना सत्तापक्षका लगानीकर्ता बाहेककाको भागाभागको अवस्था छ: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको सन्दर्भमा भूगोल र जनताको मागका विषयमा सरकारसँग गम्भीर छलफल गर्ने बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्रीसँगको भेटमा आफू सो कुरा राखेको बताउनुभयो । यस विषयमा सरकारलाई लिखित रूपमा नै ध्यानाकर्षण गराउने ओलीले जानकारी दिनुभयो ।

काम कसले गर्‍यो भन्ने कुरा प्रमुख नहुने भन्दै ओलीले काम भयो कि भएन भन्ने कुरा प्रमुख भएको बताउनुभयो । त्यसैले मध्यपहाडी लोकमार्गको बाँकी काम सरकारले तत्काल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको विद्युत् कसैले किन्छ कि किन्दैन, नेपालको कृषि उत्पादन कसैले लिन्छ कि लिँदैन भन्ने भन्दा पनि अहिले उत्पादन कसरी गर्ने र लगानीमैत्री वातावरण कसरी बनाउने भन्ने विषय प्रमुख विषय रहेको ओलीले बताउनुभयो । ‘दुईचार जना सत्ता पक्षका लगानी कर्ता बाहेककाको त भागारेभागको अवस्था छ त’, ओलीले भन्नुभयो ।

नेपालले अहिले बजार खोज्ने बेला भई नसकेको ओलीले बताउनुभयो । यतिबेला औद्योगिकीकरण र त्यसको लागि वातावरण बनाउने तर्फ नै सोच्नु पर्ने ओलीले बताउनुभयो ।

ओलीले नेपालका छिमेकीले बिना आग्रह नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । बिरालो कालो भए पनि, सेतो भए पनि मुसा मार्नु पर्ने उहाँले बताउनुभयो । नेपालको प्राथमिकता र आवश्यकतालाई प्राथमिकतामा राखेर जसले सस्तो र बढी सहयोग र लोन दिन्छ ऊसँग लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

यस्ता कुरामा केन्द्रित नभएर सत्ता केन्द्रित भयो भने देशको राजनीतिक स्थायित्व, स्थिरता र स्वाभिमान जोगाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । सत्ता केन्द्रित भएर होइन सार्वभौमसत्ता राष्ट्रको हिसाबले सबै छिमेकी र सहयोगी राष्ट्रलाई हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।