२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकअघि डोपिङ प्रतिबन्धको पुटिनद्वारा आलोचना



अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार शीतकालीन ओलम्पिकमा चिनियाँ नेता सी चिनफिङसँग बेइजिङमा भएको भेटअघि खेलकुदमा डोपिङ गरेको आरोपमा रुसमाथि प्रतिबन्धको आलोचना गरेका छन्।

चिनियाँ मिडियासँगको एक अन्तर्वार्तामा, पुटिनले आफ्नो सरकारले रूसमा सन् २०१४ शीतकालीन ओलम्पिकमा ठूलो डोपिङ कार्यक्रम आयोजना गरेको अस्वीकार गरे ।

“रूस परम्परागत ओलम्पिक मूल्यप्रति प्रतिबद्ध रहेको छ र रहन्छ”, पुटिनले चाइना मिडिया ग्रुपका अध्यक्ष तथा प्रमुख सम्पादक शेन हाइक्सियोङसँगको अन्तर्वार्तामा भने ।

“हामी खेलकुदको राजनीतिकरण र यसलाई दबाब, अनुचित प्रतिस्पर्धा वा भेदभावको साधनको रूपमा प्रयोग गर्ने प्रयासको विरोध गर्दछौँ”, उनले भने ।

रुसले सोचीको शीतकालीन खेलहरूमा राज्यसमर्थित डोपिङ कार्यक्रम आयोजना गरेको पत्ता लागेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रुसमाथि प्रतिबन्ध लगाइयो।

आयोजक राष्ट्रका राष्ट्र प्रमुखले निमन्त्रणा नगरेसम्म पुटिनलगायत रुसी अधिकारीहरूलाई प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको छ। चिनियाँ नेता सीले पुटिनलाई सहभागी हुन आमन्त्रण गरेका छन् ।

“सामुहिक दण्डको अभ्यास व्यक्तिद्वारा गरिएका अपराधहरूका लागि अस्वीकार्य छ”, पुटिनले भने।

रूसी खेलाडीहरूलाई ओलम्पिकमा रूसी झण्डा वा राष्ट्रिय गानबिना तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिइन्छ । खेलाडीहरुले आफ्नो डोपिङ रेकर्ड सफा छ भनेर प्रमाणित गर्न सक्छन्।

टोलीले रूसी ओलम्पिक समिति (आरओसी) को नामअन्तर्गत प्रतियोगितामा भाग लिन्छ।

बेइजिङ र मस्कोले धेरै देशबाट ओलम्पिकको कूटनीतिक बहिष्कारको निन्दा गरेका छन् । पश्चिमी सरकारहरूले चीनद्वारा व्यापक अधिकार उल्लङ्घन भएको तर्क गर्छन्।

पुटिन शुक्रबारको उद्घाटन समारोहमा आफ्नो उपस्थिति पुष्टि गर्ने पहिलो विदेशी नेता हुन्। दुई नेता शुक्रबार चीनको राजधानीमा भेट्ने तयारीमा छन् । तिनीहरूका देशहरूले पश्चिमबाट बढ्दो आलोचनाका बाबजुद गहिरो सम्बन्धलाई पछ्याइरहेका छन्। एएफपी