१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागपुर शिविरमा नेपालसहित ७० राष्ट्र, हरेक दिन डेढ लाख साधकको सहभागिता



अ+ अ-

नागपुर । भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठ दिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरुले सहभागिता जनाएका छन् ।

शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ । नेपालबाट प्रतिनिधित्व गरेर शनिवारसम्म विभिन्न पार्टीका नेता तथा साधकहरुको उपस्थिति रहेको थियो । नि:शुल्क महाशिविरमा हरेक दिन विश्वभरका ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको हिमालय समर्पण ध्यान योगका नेपाल प्रचारक तुलसीराम रेग्मीले बताउनु भयो ।

रेग्मीकाअनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य,राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहभागिता रहेको थियो भने समापन सत्रमा आगामी मंगलवार नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ । उहाँले आगामी दिनमा नेपालमा नै शिविर गर्ने योजनाअनुसार अघि बढिरहेको बताउनु भयो । आध्यात्मिक र आन्तरिक पर्यटन वृद्धिका लागि योग शिविर महत्वपूर्ण सावित हुने बताउनु भयो ।

पुस ३ गते शुभारम्भ भएको ध्यान शिविर १० गतेसम्म चल्नेछ । हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर सञ्चालन हुने गरेको छ ।