२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।

उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।

वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ । रासस