२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली कागजातका आधारमा मिलेमतोमा भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।

गैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्की रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्रमण भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजात सहिद राहदानी एक हजार पाँच सय १३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा सोमध्ये दुई सय ४६ कागजात नक्कली कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएकामा उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने निजलाई पक्राउ बिहीबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।

उक्त नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति रु १० हजारदेखि रु १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रु ४० हजारदेखि रु ५५ हजारसम्म दिएर मिलाइ विदेश पठाउने खुल्न आएकामा सोमा संलग्न ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।