तपाईंले टाइटानिक फिल्म हेर्नुभएको होला वा कथा सुन्नु भएको होला, तर यो जहाजका यी ८ कुरा धेरै कमलाई थाहा छ ।
टाइटानिक जहाजको कुल लम्बाइ लगभग २७० मिटर थियो। यसलाई सिधा खडा गर्दा यसको उचाइ त्यस समयका सबै भवनहरू भन्दा अग्लो हुने थियो। यो जहाजको उचाइ १७ तले भवन जत्तिकै थियो।
टाइटानिकलाई त्यो समयको यातायातको सबैभन्दा ठूलो साधन मानिन्थ्यो । करिब १११ वर्ष पहिले टाइटानिक जहाजसँग भएको दुर्घटनाको बारेमा सायद हामी सबैलाई थाहा छ। आफ्नो समयको संसारको सबैभन्दा ठूलो जहाज, टाइटानिक सन् १९१२द अप्रिल १० मा इंग्ल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कको लागि आफ्नो पहिलो यात्रामा निस्किएको थियो। आफ्नो पहिलो यात्राको छैटौँ दिन यो जहाज एउटा ठूलो दुर्घटनाको शिकार भयो।
एट्लान्टिक महासागरमा रहेको विशाल हिमचट्टानसँग ठोक्किएपछि टाइटानिक दुई टुक्रा भएको थियो र तुरुन्तै डुबेको थियो । उक्त दुर्घटनामा एक हजार ५०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो। टाइटानिकको दुर्घटना इतिहासकै सबैभन्दा ठूलो क्रुज जहाज दुर्घटना हो । ब्रिटिश जहाज टाइटानिक आफ्नो समयको संसारको सबैभन्दा ठूलो तैरने जहाज थियो। यो जहाजको मालिक ह्वाइट स्टार लाइन थिए। यसलाई हार्ल्यान्ड एण्ड वुल्फ कम्पनीले बनाएको थियो ।
टाइटानिक जहाज निर्माणमा तीन हजार जनाको ठूलो टोली संलग्न थियो। यसको निर्माणको काम सन् १९०९ मार्च ३१ मा सुरु भयो र २६ महिनापछि यो सन् १९११ मे ३१ मा पूर्णरूपमा तयार भयो। निर्माणक क्रममा २ जनाको मृत्यु भएको थियो भने करिब २४६ जना घाइते भएका थिए । सन् १९०७ सेप्टेम्बर १७ मा ह्वाइट स्टार लाइनले हार्ल्यान्ड र वोल्फसँग जहाजका लागि अर्डर गरेका थिए । त्यसपछि यो तयार भएर सन् १९१२ अप्रिल १० मा आफ्नो पहिलो यात्रामा निस्कियो।
टाइटानिकले सन् १९१२ अप्रिल १० मा इङ्गल्याण्डको साउथह्याम्प्टनबाट अमेरिकाको न्युयोर्कसम्म आफ्नो पहिलो यात्रा सुरु गर्यो । अप्रिल १५ मध्य यात्राको क्रममा यो जहाज दुर्घटनाग्रस्त भयो। साउथह्याम्प्टनदेखि न्यूयोर्कसम्मको यात्रा नै जहाजको पहिलो र अन्तिम यात्रा थियो। अप्रिल १४ मा राति ११:४० बजे टाइटानिक एट्लान्टिक महासागरमा रहेको विशाल हिमचट्टानसँग ठोक्किएको थियो ।
दुर्घटना भएको करिब २ घण्टा ४० मिनेटपछि अर्थात् १५ अप्रिलमा यो जहाज पूर्णरूपमा एट्लान्टिक महासागरमा डुब्यो । वाष्पबाट चल्ने टाइटानिकको पहिलो यात्रामा यात्रु, चालक दलका सदस्य र अन्य कर्मचारीसहित कुल दुई हजार २४० जना सहभागी थिए। यस दुर्घटनामा एट्लान्टिक महासागरमा डुबेर एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको थियो । टाइटानिक जहाजको पूरा नाम आरएमएस टाइटानिक थियो ।
आरएमएस भनेको रोयल मेल शिप हो। दुर्घटना हुँदा यो विशाल जहाज जमिनबाट करिब ६४० किलोमिटर टाढा थियो । त्यसैले यसको प्रभावकारीरुपमा उद्धार गर्न सकिएको थिएन ।