८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

‘क्रस फायरिङ’ भन्दा बाहिरको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको विषय बनाउनुपर्छः सचेतक बर्तौला

‘क्रस फायरिङ’ भन्दा बाहिरको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको विषय बनाउनुपर्छः सचेतक बर्तौला
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्तबाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउँदै गर्दा गम्भिर मानव अधिकार उल्लंघनको विषयलाई कमजोर ढंगबाट बुझ्नु नहुने बताउनुभएको हो । उहाँले दोहोर भीडन्त भन्दा बाहेक मानिसको हत्या भएको अवस्थामा त्यसलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने बताउनु भयो । त्यस्तैगरी, विधेयकमा युद्धमा संलग्न बालबालिकाहरुको विषय पनि समेटिनुपर्ने बताउनु भयो । युद्धमा संलग्न बालबालिकाहरुलाई परिपुरण र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उहाँको भनाई छ । उहाँले मानव अधिकार उल्लंघनको घटनामा मेलमिलाप हुन नसकेमा अदालती प्रक्रियामा जान सकिने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गम्भिर मानव अधिकार उल्लंघनको विषयलाई हामीले कमजोर ढंगबाट बुझ्नु पनि हुँदैन । त्यसकारण क्रस फायरिङ भन्दा बाहिरको विषयलाई ति सबै हत्याहरु गम्भिर मानव अधिकार उल्लंघनको विषयमा लैजानुपर्छ भन्ने उपयुक्त हो कि भन्ने मलाई लाग्छ । म गम्भिरताका साथ, जिम्मेवारीबोधका साथ भन्न चाहन्छु, बन्दुक बोकेर मान्छेहरु बाल सेनाका रुपमा मान्छे प्रवेश भए । पछि एउटा प्रक्रियामा ति अयोग्य भए होलान् । पछि राज्यले तिनलाई लोकतान्त्रिक योद्धाका रुपमा सम्मान ग¥यो होला । त्यो एउटा पाटो भयो । हिजो उनीहरु यो मुलुकको परिवर्तनको तहमा सहभागि हुँदा राज्यले त्यसरी उनीहरुलाई सम्झियो होला । ०६२/०६३ सालको क्रान्तिको बेलामा सहभागि भएका थोरै प्रतिशत अपांग भएकाहरु, अंगभंग भएकाहरुलाई पनि राज्यले सम्बोधन गरेको थियो ।

तर बाल सेनाको विषय कहीँ न कहीँ अदालतभित्र प्रवेश गर्न खोजेको, नेपालको चारकिल्ला भन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्राधिकारको पनि विषय हो भनेर चर्चा चलाउन खोजेको विषय हामीले सुन्ने गरेका छौँ । यो सत्य, यथार्थ हो । तर हामीले बनाउन खोजेको कानुनले त्यो पक्षलाई काहीँ न काहीँ समेटिदिनु पर्छ । त्यसले पनि परिपूरणको, क्षतिपूर्तिको तहमा राज्यले बनाएको कानूनले यदी समेटिदियो भने वास्तवमा त्यसले न्यायको अनुभुति त्यहाँ भित्र पनि हुन्छ भन्ने हाम्रो धारणा हो ।

बाल सेना शब्द प्रयोग गर्ने, नगर्ने दोस्रो कुरा हो । तर सशस्त्र द्वन्दको बेलामा उहाँहरुको सहभागिता छ, त्यो पक्षलाई कसरी हाम्रो कानूनले त्यसलाई समेट्छ भन्ने कुरालाई व्यवस्थित गरौँ । मानव अधिकार उल्लंघनको घटनामा सहमतिमा जान सक्छौँ । मेलमिलापमा जान सक्छौँ । तर त्यसमा पीडितको स्वतन्त्र सहमति चाहियो । स्वतन्त्र सहमति भएन भने के गर्ने ? त्यो कुरा हाम्रो कानूनले कहीँ न कहीँ भनिदिनु पर्छ । सहमति नहुँदा अदालती प्रक्रियामा जानुपर्छ ।’

सचेतक बर्तौलाले अदालतले गरेका कतिपय फैसलाहरु कार्यान्वयन नभएर पीडितले न्याय नपाएका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्ट अनुसार १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने र १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने अवस्था रहेको भन्दै फैसला कार्यान्वयन गराउन सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भएका फैसलाहरुको पनि समयमा कार्यान्वयन नभएर पीडितहरुले समयमै न्याय पाएको अवस्था छैन । पक्षहरुले न्याय पाएको अवस्था छैन, पीडितहरु जो मर्कामा परेका छन् । फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्ट हेर्दाखेरी १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने अवस्था रहेछ । १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने । फैसला भएर बसेको लामो समयदेखि । समयमा त्यो फैसलाहरु कार्यान्वयन नहुँदाखेरी त पीडितले न्याय पाएको अवस्था भएन । यो भएको फैसलाको छिटोभन्दा छिटो कार्यान्वयनको तहमा पु¥याउनका लागि सरकारको तहबाट वा सम्बन्धित निकायको तहबाट पहलकदमी जुन ढंगबाट हुनुपर्छ त्यो होस् ।’

उहाँले न्यायालयप्रति आम नागरिकको विश्वास पातलो हुँदै गएको पनि बताउनु भयो । न्यायालयप्रति नागरिकको न्यायमा पहँुच नपुगेको र सुशासन कायम नभएको टिकाटिप्पणी हुने गरेको भन्दै उहाँले यसप्रति सबैको ध्यानाकर्षण गराउनु भयो ।