२९ कार्तिक २०८१, बिहीबार
,
Latest
प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्रस फायरिङ’ भन्दा बाहिरको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको विषय बनाउनुपर्छः सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्तबाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउँदै गर्दा गम्भिर मानव अधिकार उल्लंघनको विषयलाई कमजोर ढंगबाट बुझ्नु नहुने बताउनुभएको हो । उहाँले दोहोर भीडन्त भन्दा बाहेक मानिसको हत्या भएको अवस्थामा त्यसलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने बताउनु भयो । त्यस्तैगरी, विधेयकमा युद्धमा संलग्न बालबालिकाहरुको विषय पनि समेटिनुपर्ने बताउनु भयो । युद्धमा संलग्न बालबालिकाहरुलाई परिपुरण र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उहाँको भनाई छ । उहाँले मानव अधिकार उल्लंघनको घटनामा मेलमिलाप हुन नसकेमा अदालती प्रक्रियामा जान सकिने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गम्भिर मानव अधिकार उल्लंघनको विषयलाई हामीले कमजोर ढंगबाट बुझ्नु पनि हुँदैन । त्यसकारण क्रस फायरिङ भन्दा बाहिरको विषयलाई ति सबै हत्याहरु गम्भिर मानव अधिकार उल्लंघनको विषयमा लैजानुपर्छ भन्ने उपयुक्त हो कि भन्ने मलाई लाग्छ । म गम्भिरताका साथ, जिम्मेवारीबोधका साथ भन्न चाहन्छु, बन्दुक बोकेर मान्छेहरु बाल सेनाका रुपमा मान्छे प्रवेश भए । पछि एउटा प्रक्रियामा ति अयोग्य भए होलान् । पछि राज्यले तिनलाई लोकतान्त्रिक योद्धाका रुपमा सम्मान ग¥यो होला । त्यो एउटा पाटो भयो । हिजो उनीहरु यो मुलुकको परिवर्तनको तहमा सहभागि हुँदा राज्यले त्यसरी उनीहरुलाई सम्झियो होला । ०६२/०६३ सालको क्रान्तिको बेलामा सहभागि भएका थोरै प्रतिशत अपांग भएकाहरु, अंगभंग भएकाहरुलाई पनि राज्यले सम्बोधन गरेको थियो ।

तर बाल सेनाको विषय कहीँ न कहीँ अदालतभित्र प्रवेश गर्न खोजेको, नेपालको चारकिल्ला भन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्राधिकारको पनि विषय हो भनेर चर्चा चलाउन खोजेको विषय हामीले सुन्ने गरेका छौँ । यो सत्य, यथार्थ हो । तर हामीले बनाउन खोजेको कानुनले त्यो पक्षलाई काहीँ न काहीँ समेटिदिनु पर्छ । त्यसले पनि परिपूरणको, क्षतिपूर्तिको तहमा राज्यले बनाएको कानूनले यदी समेटिदियो भने वास्तवमा त्यसले न्यायको अनुभुति त्यहाँ भित्र पनि हुन्छ भन्ने हाम्रो धारणा हो ।

बाल सेना शब्द प्रयोग गर्ने, नगर्ने दोस्रो कुरा हो । तर सशस्त्र द्वन्दको बेलामा उहाँहरुको सहभागिता छ, त्यो पक्षलाई कसरी हाम्रो कानूनले त्यसलाई समेट्छ भन्ने कुरालाई व्यवस्थित गरौँ । मानव अधिकार उल्लंघनको घटनामा सहमतिमा जान सक्छौँ । मेलमिलापमा जान सक्छौँ । तर त्यसमा पीडितको स्वतन्त्र सहमति चाहियो । स्वतन्त्र सहमति भएन भने के गर्ने ? त्यो कुरा हाम्रो कानूनले कहीँ न कहीँ भनिदिनु पर्छ । सहमति नहुँदा अदालती प्रक्रियामा जानुपर्छ ।’

सचेतक बर्तौलाले अदालतले गरेका कतिपय फैसलाहरु कार्यान्वयन नभएर पीडितले न्याय नपाएका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्ट अनुसार १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने र १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने अवस्था रहेको भन्दै फैसला कार्यान्वयन गराउन सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भएका फैसलाहरुको पनि समयमा कार्यान्वयन नभएर पीडितहरुले समयमै न्याय पाएको अवस्था छैन । पक्षहरुले न्याय पाएको अवस्था छैन, पीडितहरु जो मर्कामा परेका छन् । फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्ट हेर्दाखेरी १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने अवस्था रहेछ । १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने । फैसला भएर बसेको लामो समयदेखि । समयमा त्यो फैसलाहरु कार्यान्वयन नहुँदाखेरी त पीडितले न्याय पाएको अवस्था भएन । यो भएको फैसलाको छिटोभन्दा छिटो कार्यान्वयनको तहमा पु¥याउनका लागि सरकारको तहबाट वा सम्बन्धित निकायको तहबाट पहलकदमी जुन ढंगबाट हुनुपर्छ त्यो होस् ।’

उहाँले न्यायालयप्रति आम नागरिकको विश्वास पातलो हुँदै गएको पनि बताउनु भयो । न्यायालयप्रति नागरिकको न्यायमा पहँुच नपुगेको र सुशासन कायम नभएको टिकाटिप्पणी हुने गरेको भन्दै उहाँले यसप्रति सबैको ध्यानाकर्षण गराउनु भयो ।