२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा रियल सेल्टा भिगोसँग आफ्नै घरेलु मैदानमा ०–२ गोलले पराजित भएको हो ।

सेल्टालाई जित दिलाउन दुबै गोल विलिअट स्वेडवर्गले गरे । उनले खेलको ५४ औं र ९०(३ औं मिनेटमा गोल गरेका हुन् । रियलका फ्रान गार्सियाले ६४ औं मिनेटमा रातो कार्ड खाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजापछि रियल १६ खेलबाट ३६ अंकका साथ दोस्रो स्थानमा छ । शीर्षस्थानको बार्सिलोनाको ४० अंक छ । सेल्टा १९ अंकका साथ १० औं स्थानमा छ ।