• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण ★   क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल ★   जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री ★   पुष्पकमल दाहालमा अति कुर्सीमोह दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको छ: बाबुराम भट्टराई ★   प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन ★   क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै ★   ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र ★   आफ्नै रेकर्ड तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा ★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान



गण्डकी । आन्तरिक पर्यटन प्रवर्द्धनमा आशा जगाउँदै पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न भएको छ । होटल सङ्घ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यसहित गत मङ्सिर २९ गतेदेखि उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध व्यवसायीबीच छलफल एवम् अन्तरक्रिया गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । अभियानमा पर्यटन सम्बद्ध नाट्टा, टानका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो । सो अवसरमा सङ्घका तर्फबाट पोखरा भ्रमणको निम्तो दिइएको थियो ।

पोखरा र त्यस वरपरको भ्रमणका लागि पाँचवटा प्याकेज सार्वजनिक गरिएका अध्यक्ष सुवेदीले जानकारी दिनुुभयो । दुई दशकअघि सुरु भएको ‘जाउँ है पोखरा’ अभियान प्रभावकारी बनेको थियो । कोभिड–१९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको उल्लेख गर्दै उहाँले पर्यटनलाई पुुरानै लयमा फर्काउन आफूहरुले देशविदेशमा प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको बताउनुुभयो ।

छलफल एवं अन्तक्र्रियाका क्रममा पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्देश्यलाई पूरा गर्न सीधा हवाई तथा स्तरीय बस सेवा आवश्यक पर्नेमा दुवैतर्फका व्यवसायी एकमत भएका थिए । सङ्घका महासचिव राजेन्द्र ढकालका अनुसार नेपालगञ्जमा आयोजित अन्तक्र्रियामा सीमानाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यहोर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने विषयमा चर्चा गरिएको थियो ।

त्यस्तै भैरहवामा आयोजित कार्यक्रममा सञ्चालनमा आएर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएको भन्दै त्यसका लागि संयुक्तरुपमा दबाब दिने सहमति भएको थियो । धनगढीमा आयोजित अन्तक्र्रियामा पोखरा र धनगढीबीच विगतमा भएको सीधा हवाई उडान पुन: सञ्चालन हुनुुपर्नेमा जोड दिइएको र महेन्द्रनगरमा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न दुुवै क्षेत्रका पर्यटन व्यवसायीले मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको उल्लेख गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्था यथाशीघ्र मिलाउनुुपर्नेमा जोड दिनुुभयो । पोखरा र गौतमबुद्ध विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गराउनुपर्ने उहाँको भनाइ थियो । पर्यटकीय नगरी पोखराका एक हजार दुई सय होटलमा ४० हजार श्यया रहेका र कूल १५ हजारले रोजगारी पाएका छन् । यहाँको होटलमा रु पाँच अर्बभन्दा बढीको लगानी भइसकेको सङ्घले जनाएको छ ।  रासस