• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

गोबिन्द बिक्रम शाह राप्रपा नेपालको उपाध्यक्षमा मनोनीत



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्ब सांसद गोबिन्द बिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गर्नुभएको छ ।

शाह केही दिन अघि मात्र राप्रपा नेपाल प्रवेश गर्नुभएको हो । पार्टीको बिधान बमोजिम उहाँलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष कमल थापाले बिश्वास व्यक्त गर्नुभयो । ।