• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिन्छुः मन्त्री किराँती



file photo: rss

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको छ ।

बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको हो । नेपाल एयरलाइन्सले आजमात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो ।

सांसदहरुको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किराँतीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वर्षमा २० करोड भन्दा बढी घाटा व्यहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्यहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद थर्काउने हामी त हो । हामी नै हो, संसद, पत्रपत्रिका, चिया पसलमा बोल्ने ? निकाय दिऔँ भनेर टेण्डर निकाल्यो किन भन्छन् ? गर्नु के ? यो चाहीँ केही न केही बहस होस् भनेर नै टेण्डर निकालेको हो । कि त अब उपाय निकाल्नुहोस्, यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौँ नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन । २० करोड भन्दा बढी घाटा वर्षमा हामीले चिनियाँ जहाजलाई तिरेर राख्नुपरेको छ । त्यसको इन्स्योरेन्स र पार्किङको । यो जहाज एमआई ६० दुई वटा छ, वाइट १२ तीन वटा छ । जम्मा ५ वटा छ । कसरी किन किनियो कसको स्वार्थमा किनियो थाहा छैन ।’

मन्त्री किराँतीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गर्नुभयो । उहाँले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैलाई जिम्मेवारी पदमा बसेपछि परिणाम दिने इच्छा हुन्छ नै । जिम्मेवारी पदमा बसिसकेपछि केही न केही जीवनमा अमिट छाप दिएर जाउँ भन्ने सबैलाई हुन्छ नै । मलाई पनि छ । तर गर्न खोज्दा खोज्दै सजिलो त छैन । काम पनि गर् भन्ने कोइला खानीमा पस भन्ने सेतो सटमा वेदाक निस्की भन्ने, हिरा पनि ले भन्ने सेतो सट नै हुनुपर्छ भन्ने । काम नगरे जागिर पाक्छ, पद भजिन्छ, काम गरे विवाद हुन्छ । के गरौँ ।काम नगरौँ ? सलामी खाउँ, कुर्सीमा बसौँ वा विवादित हुँदै पनि काम गरौँ । यो प्रश्नको जवाफ टड्कारो भएको छ । एउटा निकायले काम गर्नको लागि हामी त कानून बनाउने विधायकहरु हौँ ।

मैले थाहा पाउँदा नै मन्त्री, उपप्रधानमन्त्रीहरु भइसकेको मानिस हुनुहुन्छ, कानून कसरी बनाउने यतातिर पनि अलिक बढी बहस गर्नुपर्छ । शासकीय स्वरुपको सुधार कसरी गर्ने ? एउटा काम गर्न थाल्नुपर्छ, अख्तियारले रातो घरमा बोलाइहाल्छ, अदालत, जिल्ला अदालत, उच्च अदालत, सर्वोच्चमा जानैपर्छ । महालेखा परीक्षकको कार्यालय धाउनैपर्छ । सार्वजनिक खरिद ऐन, अनुगमन कार्यालय पुग्नैपर्छ । संसदीय समितिमा त कान समातेर उठबस गर्नैपर्छ । राष्ट्रिय शतर्कता केन्द्रमा पनि जानैपर्छ । विभिन्न समयमा गठित समिति त्यत्तिकै छन्, कतिखेर काम गर्नु । परिणाम दिनुपर्नेछ, धाउँदाधाउँदै जुत्ता पाmटिरहेको छ ।’

मन्त्री किराँतीले आफूलाई परिणाम दिनेगरी काम गर्न मन लागेको भएपनि काम गर्न नपाएको बताउनु भयो ।