• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   रोमानियालाई पाखा लगाउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीको आग्रह



फाईल फोटो

काठमाडौँ । संस्कृतिमन्त्री सुदन किरातीले संविधानको पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न आग्रह गर्नुभएको छ ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा क्रिस्चियन धर्मप्रतिको आफ्नो भनाइको बचाउ गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नो जोड रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।”

बुधबार उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किरातीले भन्नुभएको थियो, “राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।”

मन्त्री किरातीको अभिव्यक्तिको सर्बत्र आलोचना भएको छ ।