११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री यादवको अभिव्यक्ति प्रति आयोगको आपत्ति,उत्तेजनापूर्ण अभिव्यक्ति नदिन सचेत गरायो



अ+ अ-

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले हिंसाजन्य अभिव्यक्ति दिनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव संग जानकारी लिएको छ । आयोगले मन्त्री यादबलाई बोलाएर जानकारी लिएको हो ।

गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्ति एवम् यसबाट सिर्जित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउदै आयोगमा बोलाएर जानकारी लिएको हो ।  मन्त्री यादवले श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको जानकारी गराउनुभएको थियो ।

आयोगका अध्यक्ष तथा सदस्यहरुले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल् पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो । 

अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहिन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट् पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन आयोगले मन्त्री यादवलाई आग्रह गरेको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिनुभयो ।