१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सङ्कल्प यात्रा’को समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमालेले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने तयारी गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ जिल्लाको यात्रा गर्दै पुस १ मा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।

एमाले नेतृत्वले यात्राका क्रममा मध्यपहाडका जनताका समस्या, गुनासा र सम्भावनाबारे अध्ययन गरेको बताएका छन् । सोही अध्ययन र रिपोर्ट सार्वजनिक गरिने बारे बैठक बोलाउन लागिएको बताईएको छ ।