• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउनुहुँदै



काठमाडौँ : प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुहुनेछ । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँ पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नुहुनेछ ।रासस