• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

वीर अस्पतालको निर्देशकबाट डा.सन्तोष पौडेल नहटाउन सर्वोच्चको आदेश



काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेललाई पुन पदमा कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले पौडेललाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

२०७९ फागुन ५ गते दुई बर्षका लागि अस्पतालको निर्देशक नियुक्त भएका पौडेललाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यकाल पुरा नहुदै हटाउनु भएको थियो ।

सरकारको निर्णय बिरुद्ध पौडेल ले गत मंसिर १८ गते रिट दायर गर्नुभएको थियो ।