८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै सबैभन्दा महँगा खेलाडी बने विश्वविजेता कमिन्स



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ । अष्ट्रेलियाका विश्वविजेता कप्तान प्याट कमिन्स आईपीएल इतिहासमै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

उनलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाखमा टोलिमा भित्र्यायो । यसअघि १८.५० करोड मा बिक्रि भएका साम करन आईपीएलमा सर्वाधिक महँगा खेलाडी थिए ।

कमिन्सका लागि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच बोली युद्ध सुरु भएको छ । मुम्बईले २ करोडको आधार मूल्यबाट सुरु गरेको थियो, उनीहरूले ५ करोडसम्मको बोली लगाएका थिए । यहाँबाट बेंगलुरु र चेन्नईमा बोली युद्ध भयो । दुवै टोलीलाई कप्तान आवश्यक थियो । चेन्नईले १० करोड रुपैयाँसम्मको बोली लगायो ।

बैंगलोर र हैदरावादले २० करोड रुपैयाँसम्मको बोली लगायो । अन्ततः हैदरावादले उनलाई २०.५० करोडमा किनेको हो ।

कमिन्सको कप्तानीमा अष्ट्रेलियाले भारतलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।