२१ असार २०८३, आईतवार
,
Latest
अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत  सैयद हैदर बीच  शिष्टाचार भेट भएको छ ।  सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत हैदरलाई सफल कार्यकालको शुभकामना दिनु भयो ।
    
सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ बर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गर्नु भयो ।  उहाँले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहिहरुले यसै बर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गर्नु भएको न्यानो स्वागत र प्रदान गर्नु भएको हौसालाका लागि आभार व्यक्त गर्नु भयो । 

संघीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढिकरण गर्दै दुबै देशको सम्बृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताउनु भयो । उहाँले दुइ देशबीच कृषि, हाइड्रोपावर, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याउनु भयो ।     

राजदूत  हैदरले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनता–जनताबीच लामो ऐतिहासिक र साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नु भयो । उहाँले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उहाँको भनाई छ । 

राजदूत हैदरले नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अबलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र सम्बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।