• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ



सुनसरी । आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । 

३१ वर्षीया कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । 

माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् । 

खुकुरी प्रहारपछि गम्भीर घाइते भएकी कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।