२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

कृष्णकल्ली

कृष्णकल्ली
अ अ+ अ-

हेर हेर हेर जुँगामुठेहरू गफिएका । कृष्णकल्लीले आफ्नो क्याबिनबाटै कर्मचारीहरूलाई  हेर्दे दाह्रा किटिन् । मोराहरू ! कामसाम गर्नु छैन, कार्यालयमा तरूणीको कुरा काट्यो – बस्यो । कृष्णकल्लीलाई खपिनसक्नु भयो र उनी उठेर टकटक जुत्ता बजाउँदै हिंडिन् । अनि आफू मातहतका कर्मचारीहरूलाई तर्सरादै एउटा सेल बनाएर पुनः आफ्नै सिटमा आएर बसिन् । हरे ! यो कार्यालयका महिला कर्मचारीहरूलाई पनि के भा’ होला ।

हरेक   तिर्थब्रतमा लोग्नेको दीर्घायूको काम नगर्दै ब्रत बस्नै पर्छ भन्ने छ र  – उस् । अनायासै ओंठ लेप्र्याइन् कृष्णकल्लीले र सोचिन् आफैं कमाउँछन् यिनीहरू र पनि किन सधैँ लोग्ने लोग्ने भनिरहन्छन् – के लोग्ने बिना एक्लो जिन्दगी एक्लै बाँच्न सकिन्न – खै, म त बाँचेकै छु, हाँसेकै छु र जीवनमा केही गरेर खाएकै छु । कृष्णकल्लीले मनमनै गुनिन् । आफ्नो स्वतन्त्रता र स्वाभिमान गुमाएर कसैकी स्वास्नी बन्नुमा त्यस्तोविधि मोह किन जागेको होला महिलाहरूमा ।

आफ्नो प्रश्नको जवाफ आफैसँग नभएपछि कृष्णकल्ली एकोहोरो घोरिरहिन् । कृष्णकल्लीलाई दिक्क लगिरहृयो( आः म पनि आज कार्यालय नआएकी भए पनि हुने रहेछ । तर दिनभरि घरमा बसेर पनि के गर्नु – नानी स्याहारेर बस्नु – लोग्नेको चाकरी गरेर दिन कटाउनु – लोग्नेको कल्पनाले नै कृष्णकल्लीलाई वाकवाकी लाग्न थाल्छ । छिः छिः छिः यी आइमाईहरू कसरी आजीवन एउटा भुसत्र्रिेको अधीनमा रहेर बस्न सक्छन् – हरे  ! कसरी सहन्छन् होलान् यिनले लोग्नेमान्छेको शरीरबाट उठ्ने हृवास्स गन्हाउने गन्धलाई – पसिनालाई – आफ्नो मखमली गालामा बाँसको झ्याङ्गजस्तै देखिने जुँगा र दारीको घोचाई कसरी सहन्छन् होलान् यिनले – आफ्नो स्वतन्त्रता जिन्दगीमा यिनले कसरी सहन्छन् होलान् एउटा जुँगामुठेको दैनिक हस्तक्षेपलाई – कसरी समर्पण गर्दा हुन् यिनले एउटा बज्रस्वाँठलाई आफ्नो गुलाफी तन, रेशमी मन ।

आफू बिछिएर अर्काबाट आफूलाई लुटाउनुमा के कस्तो बुद्धिमता छ – लोग्नेबाट दैनन्दिन लुटिनुमा कस्तो आनन्द प्राप्ति हुन्छ – यो ‘लोग्ने’ शब्दको स्मरण हुनासाथ कृष्णकल्लीको आङ त्यसैत्यसै जिरिङ्ग हुन्छ । लोग्नेले स्वास्नीमाथि पटक्कैपिच्छे गर्ने व्यभिचारको कल्पनामात्रैले पनि उनको टाउको दुख्न थाल्छ । त्यसैत्यसै विना कारण नै कसैसँग चरचरी बाझ्न मन लाग्छ उनलाई । लोग्ने शब्दले मथिंगल खलबलाएपछि टाउको थिचेर घोरिन्छिन् ।

कृष्णकल्ली र सोंचिरन्छिन् मनमा उब्जेका प्रश्नहरूको जवाफ । तर जति प्रयत्न गरे पनि कृष्णकल्लीले आफ्नै प्रश्नहरूको पनि जवाफ पाउन सकिनन् । त्यसैले कसो कसो उनलाई पनि एउटा काल्पनिक लोग्ने खेलाउन मन लाग्छ( दुब्लो पातालो शरीर, ओंठमा पानको लाली र आँखामा पावरको चश्मा । तर अहँ ! कृष्णकल्लीको अचेतन मनले भन्छ( लोग्ने  भनेपछि त मौकामा स्वास्नीलाई बोकेर सात समुद्र तर्नसक्ने आँटिलो होस् । नागले जस्तै स्वास्नीलाई बेरोस्, पवनको गतिमा आक्रमण गरोस् र इन्द्रले इन्द्रासनलाई मोह गरेझैं स्वास्नीको प्रेममा आकण्ठ डुब्ने बीरशाली(बलशाली भए पो पति भन्न पनि त्यसलाई सुहाउँछ । कृष्णकल्लीको कल्पनाको लोगनेले तिनलाई मरक्क अँगाल्छ ।

कृष्णकल्ली को कल्पनाको लोग्नेले तिनलाई सरक्क अँगाल्छ । कृष्णकल्ली आत्तिएर झस्किन्छे र हेर्छ रोचक पिउन् हस्ताक्षर गर्नुपर्ने कागज लिएर उभिएको रहेछ । पाकचाको अगाडि अलि असजिलो अनुभूति हुन्छ कृष्णकल्लीलाई । “पाकचा ! आज पनि श्रीमती कुट्यौ कि कसो (“( कृष्णकल्लीले हस्ताक्षर गर्दै सोधिन् । “काँ हजुर‘ हैन‘ हैन‘इहिहिहि‘।।”( पाकचाले ङिच्च गर्दै टाउको कन्यायो । “श्रीमतीलाई कुट्दा तिमीलाई आनन्द आउँछ – तिमीले उसलाई कुट्दा उसले प्रतिकार गर्दिनन् – पुलिसमा रिपोर्ट पनि गर्दिनन् (“( कृष्णकल्लीको प्रश्नको जवाफमा पाकचाले इन्कारमा मुन्टोमात्र हल्लाइरहृयो र हस्ताक्षर भएको कागज लिएर ऊ त्यहाँबाट लुसुक्क गयो । “कस्ती हुतिहारा आइमाई होली‘।।”( कृष्णकल्ली एक्लै फतफताइरहिन् । पाकचा गएतिर एक निमेषले हेरिरहिन् कृष्णकल्लीले । किन किन उनलाई जुरुक्क उठेर पाकचालाई जमाएर एक लात हान्न मन लाग्यो ।

यस्तो छुसीले समेत स्वास्नीलाई पिट्ने अरे । अनि स्वास्नीले चाह्रि पिर्टाई खाइरहनुपर्ने – किनकिन कृष्णकल्लीलाई आफ्ना फाँटमा जम्मै जुँगामुठेहरूलाई चप्पलै चप्पलले ठटाउन मन लाग्यो । शर्मछाडा लोग्नेमान्छेको जात । अलिकति मानवीयता र लज्जाबोध नभएको निर्लज्ज संवेदनाहीन लोग्नेहरू । मान्छे भएर कस्तरी यिनले मान्छेलाई नै पशुसरह पिट्न सक्छन् – कृष्णकल्लीलाई पाकचाकी अपरिचित स्वास्नीजस्ता जम्मै स्वास्नी आइमाइहरूसँग पनि रिस उठ्न थाल्छ लाछी आइमाईहरू ! लोग्नेले पिट्न आउँदा उल्टै दुई थप्पड हान्न नसक्ने, खोरमा लगेर जाक्न नसक्ने कस्ता हुतिहारा आइमाई होलान् । लोग्नेको अत्याचारमा प्रतिकार नगरेर आँसु खसालेर बस्ने स्वास्नीलाई त्यही भएर त यी लोग्ने भनाउँदाहरूले हेप्छन् । आफूले खाएको जुठोपुरो स्वास्नीका लागि छाड्छन् र नुहाउँदा लगाएको भित्रीबस्त्रसमेत स्वास्नीले नै धोओस भन्ने मनसायले स्नानगृहमै छाडेका हुन्छन् । छिः छिः छिः कल्पनाको उडानमै कृष्णकल्ली नाक चेप्र्याउँछिन् । उनलाई अचम्म लाग्छ( हरे १ तैपनि यी स्वास्नी भनाउँदाहरू लोग्नेको जुठोपुरो र भिजेको भित्री वस्त्रमै भुलेका हुन्छन् ।

कृष्णकल्लीले आफ्नै मन छामेर आफैंलाई भन्छिन् – तर खै मलाई त आजसम्म लोग्नेको चाहना कहिल्यै आएन । स्वतन्त्र आफ्नो जीवनमा के काम यी जुँगामुठेको – के लोग्नेमान्छे विनाको जीवन बाँच्नै सकिन्न त – आखिर लोग्नेमान्छेको शरीरमा त्यस्तोविधि ज्योतिर्मय तत्व के नै छ र ओंठमाथिको जुँगाको मुठाबाहेक – र्सार्वजनिक धाराहरूमा भित्री वस्त्रमात्र लगाएर नुहाउने जुँगामुठे देख्यो कि कृष्णकल्लीको कन्सिरी तात्न थाल्छ ।

उनीहरूको त्यो रूप देख्नेवित्तिकै कृष्णकल्लीलाई वाकवाकी लाग्न थाल्छ । खाजा खाने छुट्टीको खलबलले कृष्णकल्लीको तन्द्रा खलबलिन्छ । उनलाई आज खाजा खान पटक्कै मन छेन । त्यसैत्यसै वाकवाकी लागेर आइरहेछ उनलाई । तैपनि उनी झलझली पाकचाले श्रीमती कुटेको भयानक दृश्यमा डुबिरहेकी हुन्छिन् । सोफिया, प्रतिमा र नीलिमा नहुँदा कृष्णकल्लीको मन आज कार्यालयमा पटक्कै लागेन । तैपनि विभागीय प्रमुख नन्दकृष्ण लामिछानेलाई हिजोमात्रै उनले भनेकी थिइन्( “म आफूलाई कर्मचारीमात्र ठान्छु, सर ।

लैंगिकभिन्नताको दृष्टिले पुरुषको दृष्टिमा म आफूलाई कमजोर र असक्षम ठान्दिन र अरुले पनि नठानिदिऊन भन्ने आग्रह गर्दछु । त्यसैले महिलालाई मात्र भनेर दिएको विदामा म घर बस्नै सक्दिन । म अफिस आउँछु र आफ्नो काम गर्छु” आफ्नै प्रतिध्वनिमा कृष्णकल्लीले जुँगामुठे नन्दकृष्ण लामिछानेलाई देखिन् । जुँगा संम्झिने वित्तिकै हुने जुगुप्सावोधलाई लत्याउन उनले प्रतिमालाई संम्झिने  । अहा ! गुलाफको कोपिलाझैं टमक्क जिए भएकी छरिती केटी । कत्ति हिस्सी परेकी । बोल्दा पनि फूल र मोतीको  वर्षा हुने । 

कृष्णकल्लीलाई एकपटक प्रतिमालाई फोन गरूँ गरूँ लाग्छ । तर हाकिम भएर कारिन्दाको घरमा बिना काम फोन गरिहाल्न पनि उनलाई ठीक लाग्दैन । राम्री त सोफिया र नीलिमा पनि एकभन्दा एक राम्री हुन् । तर ती दुवैको रूप सौर्न्दर्यलाई तिनका जुँगामुठेहरूले बिटुल्याइसकेको हुनाले प्रतिमाको अगाडि ती दुवैको सौर्न्दर्य कृष्णकल्लीलाई फिक्का र अलिनो लाग्छ । अनि उसलाई झोंक चल्छ( जुकाजस्ता ती जुँगामुठे लोग्नेहरूसँग जसले सोफिया र नीलिमाजस्ता अपूर्व सुन्दरीको सौर्न्दर्यसमेत चुसीचुसी तिनलाई असमयमै सौर्न्दर्यहीन पारिदिए ।

असत्तीहरू ! जुकाहरू ! सामन्तीहरू ! कृष्णकल्ली मनमनै अपरिचित जुँगामुठेहरूलाई सराप्न थाल्छिन् । “हजुर !आज अलि चाँडो घर जाउँ कि भनेर ।” पाकचा कृष्णकल्लीको अघिल्तिर ङिच्च गरेर उभिरहेको थियो । “किन, रातीरातीमात्रै कुटेर पुगेन र अब दिउँसै गएर श्रीमती कुट्ने – ” – कृष्णकल्लीले जंगिदै सोधिन् । “हैन हजुर जानलाई नै डागदर काँ’ लैजाउँ भनेर ।” “भो भो ढाँट्नुपर्दैन । खुरुक्क आफ्नो काम गर्ने । अफिस छुटेपछि जाँ जान मन लाग्छ जाने ।” कृष्णकल्ली फाइलमा डुबेको देखेर एक मनको एउटा पाइलाको चालमा पाकचा बाहिर निस्कियो । फाइल एकातिर पन्छ्याएर कृष्णकल्लीले सोफिया, नीलिमा र प्रतिमालाई नै सम्भिmरहिन् । हरे ! यी तीनवटी नआउँदा नि अफिस नै खल्लो निराश र शून्य हुँदोरहेछ । त्यसमा पनि प्रतिमा नहुँदा त झन यो अफिस भूतबङलाजस्तो पो लाग्दोरहेछ ।

कृष्णकल्लीको एउटा मनले भन्यो( आः बस चढेर घरै जानुपर्‍यो । यो तनावबाट मुक्ति पनि पाइने, फूल र कोपिलाजस्ता एकभन्दा एक  फूर्तिला  केटीहरूको संगत पनि पाइने । उनलाई अचम्म लाग्छ( आफू प्रतिमाको हाकिम भए तापनि आफू तिनीसँग झ्याम्मिएकोमा । प्रतिमा पनि हाकिमसँग नलुटपुटिएका त कहाँ हो र – “म्याडम ! यसमा सही गरिदिनुपर्‍यो ।” लेखापालको आवाजले उनी झस्किन् । “पाकचा खोइ त (” “खै’ था’ भएन’ न हजुर । ‘ “ए, चाँडै घर जान दिएन भनेर रिसाको होला । अँ गोवर्द्धनजी, एउटा निजी प्रश्न गर्छ र । ।” “मैले कुरा बुझिन नि हजुर ।” गोवर्द्धन नामधारी डल्ले जुँगामुठे अकमकियो । “मैले कुरा बुझिन नि हजुर ।” “के तपाईंले नि श्रीमती कुट्ने गर्नु भा’ छ (” “किन र हजुर‘।” गोबर्द्धन नामधारी डल्ले जुँगामुठे कालोनीलो भयो । “यसै सोधेकी, जानुस्, भैगो ।” चिसो पसिनामा डुबिरहेको गोवर्द्धन नामधारीलाई बिदा गरेपछि कृष्णकल्लीले संम्झिन (यो डल्ले जुँगामुठे र तोलारामको अनुहार के विधि मिल्या होला ।

तोलाराम त श्रीमती भनेपछि हुरुक्कै हुन्छ । हुने भए श्रीमतीलाई रसभरिझैं मुखैमा राखुँलाझैं गरिरहेको हुन्छ । के यो डल्ले जुँगामुठेले पनि त्यसै गर्दो होला त – घर पुगेपछि ढोका खोलेर कृष्णकल्ली घरभित्र पसेकीमात्र के थिइन् जीवित चलचित्रसँग उनको साक्षात्कार भयो । तोलाराम र झुमरी ढोकै बन्द नगरी शयनकक्षमा प्रेमालापमा डुविरहेका रहेछन् । थुक्क ! पात्तिएका बेस्र्सर्मीहरू १ भुतभुताउँदै कृष्णकल्ली आफ्नो कोठामा पसेर लुगा फेर्न थालिन् ।

कत्तिविधि मात्तिन सकेका होलान् । विवाह गरेको एक वर्षभइसक्दा पनि के नागनागिनिझैं सधैं लठारिन परेको होला । यस्तै सोंच्दासोंच्दै कृष्णकल्लीलाई आफ्नै बुवाआमासँग पनि झोंक चलेर आयो । आफू बस्ने तलामा बहालमा मान्छे नराखों भन्दा मान्ने हैनन् । यी बुढाबुढी । अहिले आफूलाई यस्तो चर्तिकला हेर्नुपर्छ । हातमुख धोएर ऐना अगाडि उभिएर कपाल मिलाउँदै उनले आफ्नो रूपलाई नियाल्दै गुनिन्( झुमरीलाई जस्तै, सोफियालाई जस्तै र नीलिमालाई जस्तै मलाई पनि जीवनमा अँगालोभरिको पोइको रहर किन जागेन – धुतुयमने छोरो खेलाउने मातृत्व र वात्सल्यभाव मेरो छातीमा किन पलाएन – के पोइ शब्दको सहाराबिना नारीको जीवन सधैँ अपुरो नै हुन्छ त – पोई शब्द सम्भिmनासाथ कृष्णकल्लीले तोलाराम र झुमरीलाई संम्झिना र नचाहँदा नचाहँदै पनि उनी ती दुवैलाई चियाउन पुगिन् । आम्मै ! उनको तलको श्वास तलै र माथिको श्वास माथि नै रोकियो । उफ ! जुँगामुठेको अत्याचारमा पनि आनन्दको भाव निस्किन्छ र – कृष्णकल्लीलाई बढेको ढुकढुकीले गर्दा मुटु नै फुट्लाझैं भयो । उनी कोठामा आइन् र एक अंखोरा पानी घटाघट पिइन् । नकचरी आइमाई १ कृष्णकल्लीले मुखै फोरेर झुमरीलाई एक्लै गाली गर्दै आफ्नो रिस पोखिन् । उनलाई तोलारामसँग झनै रिस उठ्यो – र्समछाडा जुँगामुठे ! उल्ले के इच्छाको अगाडि मर्यादा र मर्यादाहीनताको विभेद पनि हुँदैन त – कृष्णकल्लीलाई फेरि एकपटक प्रतिमालाई फोन गर्न मन लाग्यो । तर फोन गर्ने हिम्मत भने उनले जुटाउन सकिनन् । उनलाई लाग्यो( प्रतिमा पो आफ्नी तर उनको परिवारले फोन गर्नुको कारण सोधे भने के जवाफ दिनु – कृष्णकल्लीलाई शरीरमा त्यसैत्यसै ताप बढेर आएको अनुभूति भयो ।

हरे ! बेला न कुबेला कतै ज्वरो आएको पो हो कि – आः हैन होला ज्वरो त, बरु खलखल नुहाउनु पो पर्‍यो । शरीरको गर्मी भगाउन कृष्णकल्लीले स्नानगृहमा दुईचारजना बाल्टिन पानी शरीरमा खन्याइन् तैपनि उनको छातीभित्र दन्केको गर्मीको ज्वाला शान्त भएन । किनकिन पुनः एकपटक तोलारामको कोठामा चियाउन मन लाग्यो । छिः के हेर्नु शर्मछाडा जुँगामुठे मोराहरूलाई । झमक्क रात पर्दानपर्दै कृष्णकल्लीलाई हनहनी ज्वरोले च्याप्यो ।

बाआमाले आत्तिएर डाक्टरलाई बोलाए । डाक्टरले दिएको औषधीले कृष्णकल्ली नानीझैं लुटुक्क निदाइन । आधारातमा बयलगाडा हिंडेको जस्तो अनौठो आवाज सुनेर उनी ब्युँझिन् । यताउती हेर्दा  र सुन्दा पनि केही नदेखेपछि ढोका खोलेर उनी बाहिर निस्किन् र हठात् उनले तोलारामको कोठा ढप्काइएकोमात्र ढोकाबाट साँझको दृश्यको पूर्णहुती  दृश्य देखिन् । हरे ! बेलैमा पोइ सुमर्ने रहर गरेकी भए के मेरो तोलारानले मलाई पनि यसै गथ्र्यो होला त – छिः छिः छिः उसको मुखबाट उठ्ने चुरोटको गन्ध, रक्सीको गन्ध र शरीरबाट निस्किने पसिनाको दुर्गन्धलाई के म सहनसक्थे होला त – त्यसमाथि पर्राईको आमाबाबु र आफन्तलाई आफ्नो ठानेर के म घरनोकर्नी बन्न सक्थें हुँला त – अनि एउटा पर्राई जुँगामुठेको खस्रो दाह्री र बाकलो जुँगाको घोंचाई मलाई कहाँ सहृय हुन्थ्यो र !

 पर्राई लोग्न  मान्छेको गन्ध नै मन नपर्ने मलाई, कसरी म एउटा जुँगामुठेको हातमा आफ्नो स्वतन्त्रता र स्वाभिमान सुम्पिन सक्थें र – कृष्णकल्लीले सोंचिन्( जीवनमा स्वतन्त्रता र स्वाभिमान नै आफ्नो भएन भने जीवनको के अर्थ – त्यस्तो जीवनको के महत्व – महत्वहीन जीवन बाँच्नु भनेको त ज्युदै मर्नु हैन र – उफ ! कृष्णकल्ली जहाँको तही थचक्क बसिन् । उनको छातीभित्रबाट फलाम पग्लिएर बाहिर निस्कन खोजेको अनुभूति भयो उनलाई ।

उनले दह्रो अठोट गरिन्, हैन प्रतिमा ! अब म तिमीलाई फोन गर्दिन । रातको बाह्र बजेर के भो र ! म यही बेला तिमीलाई भेट्न आउँछु, प्रतिमा ! यो मेरो वाचा भयो तिमीलाई ! कृष्णकल्लीले देखिन्( आँधीबेरी आउनका लागि कालो बादल मडारिएको रातमा उनीभने बरण्डामा उभिएर जुन लुकाउने कालो बादललाई हेर्दे उभिरहेकी थिइन् – तर उनको छायाँ भने आफ्नो गन्तव्यमा पुगनका लागि दौडिरहेको थियो । कृष्णकल्लीले बरण्डामा उभिएरै देखिन्( कालो सडकमा दौडिरहेको आफ्नो छायाँलाई केही बेरमै रातको कालो गर्भले गर्भाधान गरिसकेको ‘। ।