२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोवल आइएमई बैंकको “भिजा स्क्यान टु पे”: फिजिकल कार्डको प्रयोग बिनै पेमेण्ट गर्न सकिने



अ+ अ-

काठमाडौँ । ग्लोवल आइएमई बैंकले “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गर्नुभएको हो ।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् । भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा बोल्दै ग्लोवल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताउनु भयो । उहाँले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गर्नुभयो ।

अब ग्लोवल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् ।