२१ असार २०८३, आईतवार
,
Latest
मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलौं होली, रंग घोली, नगरौ गल्ती माक्स खोली – वेलकम ग्रुप



अ+ अ-

काठमाडौंं । वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम ग्रुप परिवारले आज (शुक्रवार) एक-आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ । 

वेलकम ग्रुपका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाईरसबाट डराउनको साटो विज्ञद्वारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवारमा मात्र सिमित रही यस वर्षको होली मनाउन आग्रह गर्नुभएको छ ।

संचालक पौडेलले भननुभयो, "आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गरि मनाउनु पर्छ ।"

होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “असत्य माथि सत्यको विजय ”को प्रतिकको रुपमा गृष्म ऋतुको आगमनसँगै होली पुर्णिमाको दिन एक आपसमा विभिन्न रंग खेलि यो पर्व मनाईन्छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि पनि मास्क लगाएर होली मनाईने भएको छ ।