२१ असार २०८३, आईतवार
,
Latest
मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पकमल दाहाल नर्भिकमा



अ+ अ-

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आज शुक्रबार नर्भिक अस्पताल पुग्नुभएको छ ।  प्रचण्ड आफ्ना पार्टीका एक केन्द्रीय स्तरका नेताकी बिरामी आमालाई भेट्न थापाथलस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुग्नुभएको हो  
दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४  दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुग्नुभको हो ।

नर्भिक पुग्नुभएका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेट्नुभएको थियो । उहाँले अस्पतालमा १५ मिनेट समय बिताउनुभएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  

कडा सुरक्षा घेराबीच अस्पताल पुग्नुभएका प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।  श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा. रमेशकुमार चोखानी नेतृत्वको टिमले गरिरहेको छ ।