६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा वार्षिक प्रतिवेदन पारित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

समितिको शुक्रबार बसेको बैठकले लकडाउनका कारण अघिल्लो वर्ष पारित गर्न नपाएको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन समिति सदस्यहरुको राय, सल्लाह, सुझावको आधारमा पारित गरिएको समिति सभापति दिल कुमारी रावल थापाले बताउनुभयो । 

त्यसैगरी समितिले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमको सम्बन्धमा देशको राष्ट्रिय सम्पदा तथा संस्कृति सँग सम्बन्धित विषयमा सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्ने र २०७८ सालको जनगणनाको सम्बन्धमा राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग छलफल गर्ने एजेण्डा पारित गरेको पनि सभापति थापाले जानकारी दिनुभयो ।

समितिले यस अघि सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा पनि बैठकले समिक्षा गरेको सभापति थापाले बताउनुभयो ।