११ असार २०८३, बिहीबार
,
Latest
होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटी संग्रहालयका जिर्ण संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन



file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिनुभएको छ । 

बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिर्ण अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिनुभएको हो । संग्रहालय अवलोकनपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जिर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताउनुभयो । त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उहाँले बताउनुभयो । त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

उहाँले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामहरुलाई  सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो – ‘यहाँ सबैकुरा हेर्दाखेरी ठाउँ ठाउँमा बत्तिहरु पनि जिर्ण भएको अवस्था छ । नबन्ने स्थिति भएको हुनाले यसलाई बत्ति तुरुन्त सुचारु गर्ने र रङरोगनका कुराहरु छन् । अनि बाहिर गेटको बाहिर हेर्दाखेरी जम्मै छाना चुहिने रैछ । पानि भित्र पस्ने । त्यसलाई पनि तुरुन्त मर्मत गर्ने र यहाँ भएका विगतका पुराना गाडीहरुलाई मर्मत गरेर, रङरोगन गरेर म्युजियममा राख्ने, यि विभिन्न कामहरु यो डिपिआर गर्नेदेखि लिएर थप्रै कामहरु यहाँ देखियो । अब हामी करिब बजेटको नजिक छौँ । जेठ १५ गते नयाँ बजेटमा यि सबै भएका अधुरा कामहरुलाई सम्पन्न गर्नका लागि एउटा डिपिआर छुट्टै बनाउने भनेर मैले उहाँहरुलाई निर्देशन पनि दिएको छु । छिट्टै त्यो डिपिआर बनिसकेपछि नारायणहिटी संग्रहालय भित्र भएका जतिपनि अधुरा कामहरु छन्, त्यसलाई सम्पन्न गर्नको लागि छलफल पनि भएको छ ।’

उहाँले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको बताउनुभयो । संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘विगतमा ६ आनामा क्याफ्टेरिया सञ्चालन गर्ने भन्ने नाममा १४ रोपनी अतिक्रमण भएको छ । त्यहाँ बनेका संरचनाहरु जम्मै भत्काएको अवस्था देखिएको छ । त्यहाँ जुन अवस्थामा पहिला थियो, त्यही पुरानै शैलीमा ल्याउने र नारायणहिटीमा आउँदा प्रवेश द्वारमै एउटा फोहोरा निर्माण गर्ने भनेर त्यो पनि कुरा भएको छ । यि थुप्रै कामहरु भएका, नभएका कुराहरु हामीले अवलोकन पनि गर्‍यौँ । अब यसलाई छिट्टै सम्पन्न गर्नेतिर आगामी बजेटमा तयारीमा पनि छौँ । १४ रोपनीभित्र बनाउनुभएको क्रंक्रिट संरचना सबै भत्किइसकेको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिबिआइमा पठाएका छौँ । उहाँहरुको पनि ध्यान त्यसमा ध्यान छिटो जानेछ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले निर्णय गराएर पठाएको करिब १५ दिनभन्दा बढी भइसक्यो ।’

बतास समुहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उहाँले बताउनुभयो ।