२१ असार २०८३, आईतवार
,
Latest
मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा इङ्ल्यान्ड समक्ष ३३७ रनको चुनौती



अ+ अ-

पुणेः भारतले इङ्ल्यान्ड विरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेलमा जितका लागि ३३७ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले के एल राहुलको १०८ रनको शतकीय पालीको मद्दतले ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो ।

भारतका लागि रिषभ पन्तले पनि ४० बलमा ७७ रन बनाएका थिए भने कप्तान विराट कोहलीले ६६, हार्दिक पान्ड्याले ३५, रोहित शर्माले २५ रन बनाएका थिए ।

फर्ममा देखिएका भारतीय ब्याट्सम्यानका अघिल्तिर इङ्ल्यान्डका बलरहरु फिक्का देखिएका थिए । खेलमा भारत हाबी भएर खेलेको देखिएको थियो ।

यी दुई बीच यसअघि भएको पहिलो एक दिवसीयमा भारतले जित हासिल गरेर तीन खेलको शृंखलामा १–० ले अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम खेल पुणेमै आइतबार हुनेछ ।

एपी