• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँची अस्पतालमा भर्ना, विष दिएको आशंका



एजेन्सी । अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना भएका छन् । मिडिया रिपोर्टले उनलाई विष खुवाइएको आशंका बताएको छ । तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । उनी २ दिनदेखि अस्पतालमा भर्ना छन् । उनलाई कडा सुरक्षामा राखिएको छ ।

इन्डिया टुडेको रिपोर्टका अनुसार अस्पतालमा दाउदलाई राखिएको फ्लोरमा अन्य कुनै बिरामी छैनन् । उनको परिवारका सदस्यहरू मात्र त्यहाँ जान सक्छन् । मुम्बई प्रहरीले पनि यस विषयमा निगरानी गरिरहेको छ । मुम्बईमा रहेका दाउदका आफन्तहरूबाट जानकारी सङ्कलन गर्ने प्रयास भइरहेको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार केन्द्रीय अनुसन्धान एजेन्सीका एक अधिकारीले दाउदलाई विष खुवाइएको खबर धेरै हदसम्म अफवाह हुनसक्ने बताएका छन् । दाउदको सुरक्षा यति बलियो छ कि कुनै पनि व्यक्तिलाई उनीसम्म पुग्न कम्तिमा १५० मानिस पार गर्नुपर्ने हुन्छ ।

दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन्, एनआईएले गत वर्ष पुरस्कार रकमको सूची जारी गरेको थियो। यसमा दाउदमाथि २५ लाख रुपैयाँ इनाम राखिएको छ । संयुक्त राष्ट्र संघले पनि दाउदलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २००३ मा दाउद इब्राहिममाथि २५ मिलियन डलरको इनाम राखेको थियो ।

उनीविरुद्ध विभिन्न राष्ट्रिय एजेन्सीहरूले सम्पत्ति शुद्धीकरण मुद्दा र हतियार तस्करी मुद्दालगायत थुप्रै मुद्दा दायर गरेका छन् । उनले सन् १९७० मा सिन्डिकेट डी-कम्पनी गठन गरे ।

दाउद इब्राहिममाथि सन् १९९३ मा मुम्बईमा बम विस्फोट गराएको आरोप पनि छ । यसमा २५७ जनाको ज्यान गएको थियो भने ७०० जना घाइते भएका थिए ।

उनीमाथि हत्या, जबरजस्ती असुली, टारगेट किलिंग, लागुऔषध ओसारपसारको आरोप पनि छ । उनी हाल पाकिस्तानको कराँचीमा बस्दै आएको बताइएको छ तर पाकिस्तान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।

जनवरीमा दाउदकी बहिनी हसिना पार्करले पाकिस्तानी मिडिया हाउस द न्यूज इन्टरनेशनललाई दाउद कराचीमा रहेको र दोस्रो पटक विवाह गरेको बताएकी थिइन् ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नागिरीमा भएको थियो । उनका तीन छोराछोरी, (दुई छारी र एक छोरा) छन् । दाउद इब्राहिमकी पत्नी जुबिना जरिनलाई मेहजबीन शेख भनेर चिनिन्छ । दाउदको बाल्यकाल मुम्बईमा बित्यो । दाउदका बुबाका भाइ सलीम कश्मीरी अझै पनि यही क्षेत्रमा बस्छन् ।