२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदली नेपाल आउन लागेका व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले मलेसियामा साथीको हत्या गरी नेपाल आउन लागेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गौशालाका २४ वर्षिय अनिल कुमार साह रहेका छन् ।

इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँगको समन्वयमा साहलाई हिमालयन एयरलाईन्सबाट आफ्नो हुलिया बदली नेपाल आउँदै गर्दा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

साहले झापाका ४० वर्षिय धन बहादुर प्रधानको मंसिर २५ गते मलेसियामा नै हत्या गरेका थिए ।

मृतकको श्रीमतीको जाहेरी अनुसार ज्यान सम्बन्धी कसुर मुद्दामा साहलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद लिई इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।