४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रिय सभा उपाध्यक्ष दहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत काम पूरा

राष्ट्रिय सभा उपाध्यक्ष दहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत काम पूरा
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गर्नुभएको हो।

अवलोकनका क्रममा उपाध्यक्ष दहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो। ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन, उपाध्यक्ष दहालले भन्नुभयो, ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरु के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नहोस्।’

सरकारी पक्षबाट संसद भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो। भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताउनुभयो। 

उहाँका अनुसार ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकोमा त्यसमा ६ महिना थप गरी ४२ महिना बनाइएको छ। पन्थीले भवन निर्माणका लागि सामग्री आयातमा सबैभन्दा ठूलो समस्या भएको बताउनुभयो। 

विदेशबाट ल्याउनुपर्ने सामग्री र स्वदेशकै निर्माण सामग्री पनि ल्याउन समस्या भएकोले आफूहरुलाई अप्ठ्यारो भएको जानकारी दिनुभयो।

उपाध्यक्ष दहाललाई साइट इञ्जिनियर पन्थीका साथै कन्सल्टेन्ट इन्द्रबहादुर श्रेष्ठ र संसद भवनको निर्माण गरिरहेको टुन्डी शेक जेभीका प्रोजेक्ट म्यानेजर काशी डोटेलले संसद भवन निर्माणमा भएको प्रगति र समस्याका बारेमा जानकारी गराउनुका साथै फिल्ड अवलोकन गराउनुभएको थियो।

सिंहदरबारको १५१ रोपनी क्षेत्रफलमा बन्न थालेको संघीय संसद भवनको शिलान्यास २०७६ असोजमा भएको थियो। ३ वर्षमा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा ६ महिना थप गरेपछि भवन निर्माणको काम २०८९ चैत १५ गतेसम्म गरिसक्नुपर्नेछ।