२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

वासु शशी नेपाली भाषासाहित्यका अमर प्राज्ञ

वासु शशी नेपाली भाषासाहित्यका अमर प्राज्ञ
अ अ+ अ-

'वासु शशी' नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो । उनी भूमिमानन्द वैद्य र हितकुमारीका कान्छा छोरा थिए । वासुदेव वैद्यले आफ्ना माइला दाजु गोविन्ददेव वैद्यले गोविन्द वियोगी लेख्न थालेपछि आफूलाई पनि वासु शशी लेख्न थालेका थिए ।

वासु शशीका पूर्खा वैद्य पेशामा आवद्ध थिए । उनका पिताले पनि त्यही पेसा समाएर आफ्नो जिविका चलाए । उनका पिताको शेषपछि उनीहरूको आर्थिक अवस्था त्यति गतिलो भएन । त्यसैले वासु शशीले शिक्षक हुने विचार गरे । त्यही अनुरूप उनी २१ वर्षको उमेरमा कलेज अफ एजुकेशनमा वीएड पढ्न थाले । त्यति बेला उनका कलेजका साथीहरूमा दौलतविक्रम विष्ट, रमेशविकल र नीरविक्रम प्यासी थिए । साथै जुलुम श्रेष्ठ पनि उनकै सहपाठी थिइन् । त्यति बेला यी नरनारी खुवै मिल्थे ।

वासु शशीका बुबा बाचुन्जेल त्यो परिवार आर्थिक रूपमा त्यति विकट थिएन । तर उनका बुबाको निधनपछि त्यस परिवारलाई औँसीले छोपेको झैँ भयो । उनकी आमाको निधनपछि उनका घरमा गरिबीले नै छोपेको थियो । त्यति बेला यिनीहरू बिहान के खाउँ र बेलुका के खाउँका अवस्थामा थिए । त्यतिखेरको समय उनीहरूको घर फुङ्ग उडेको गोठ जस्तै थियो । त्यस घडी यिनीहरू कहिले भोकै सुत्थे र कहिले केही खाएर पनि सुत्थे ।

वासु शशीले विद्यार्थी जीवनमा नै गोरेटो र लोकदूतको सम्पादन गरे । उनले नव निर्माण त्रैमासिकको पनि सम्पादन गरे । त्यसै बीच उनी एउटी सुन्दरीको प्रेमबन्धनमा बाँधिए । अनि ती युवती थिइन् आफ्नै साथी जुलुम श्रेष्ठ । जुलुमकै मायामा डुबेर उनले अनगिन्ति कविताको रचना पनि गरे । २१ वर्षको उमेरमा उनले कविता पाठ गरेर लेखनाथ पौडयालबाट स्वर्ण्र्ााक पनि पाएका थिए ।

वासु शशी नेशनल कलेजमा पढेताका चल्तापूर्जा थिए । त्यति बेला उनको साहित्यिक सक्रियताको पारखी थिइन् जुलुम श्रेष्ठ । जुलुम उनीप्रति खुबै आकषिर्त हुन थालिन् । त्यसपछि उनीहरू डुल्नघुम्न पनि थाले र उनीहरूले पढ्नमा पनि मन घटाएका थिएनन् । त्यसै बखत उनीहरू एकअर्कामा चिठी लेखालेख गर्थे, फोटो साटासाट गर्थे र बाटो कुराकुर गर्थे । त्यसैताक वासु शशी एकान्तमा आफ्नी प्रेयसीलाई गीत गाएर सुनाउने गर्थे । अनि जुुलुम पनि गीत र नृत्यले वासु शशीलाई मोहित बनाउने गर्थिन् । वासु शशीचाहिं गायक पनि थिए । आमा सीतारवादनमा सौख राख्ने भएकाले उनले सानैदेखि गीत गाउने गरेका थिए । पछि जुलुमसँगको प्रेममा डुबेर उनी प्रायः जुलुममा नै समर्पित गीत लेख्थे र आफैं भाका हालेर ती गीत गाउँथे । अनि तिनै जुलुमसँग उनले २०२० सालमा विहे गरे । यी दम्पतीबाट दुई छोरी लुना राजभण्डारी, नीना जोशी र छोरा निरज बैद्य जन्मे ।

२००७ सालको परिवर्तनले वासु शशीमा पनि समाजमा केही गरौँ भन्ने भावना पलाएको थियो । त्यसै बेला उनले पशुपति क्षेत्रमा पुस्तकालय स्थापना गरे । त्यसै कालमा उनी शारदा हाइस्कुलका पनि मास्टर भए । त्यस स्कुलमा पढाउन घरघरमा गएर उनले विद्यार्थी ओसार्न थाले । त्यस समय आफ्ना नानी पढाउनु पर्छ भन्ने अविभाकहरूमा त्यतिसारो ज्ञान पलाइसकेको थिएन । त्यसैले उनी त्यस कामका लागि घुँडो र मुन्टो दोबारेर नै लागे । त्यस समय उनको तलव मासिक सात रुपियाँ हुन्थ्यो । तर त्यस सात रुपियाँ पनि उनी दस जना विद्यार्थीलाई जनही पच्चीस पैसा बाँड्थे । उनी पछि त्यसै स्कुलको हेड मास्टर पनि भए ।

वासु शशी फर्पिङ बोर्डिङ स्कुलको शिक्षकमा भर्ना भए । सिद्धिचरण श्रेष्ठको करबल र सहयोगमा उनले त्यस स्कुलमा भर्ना पाएका थिए । त्यस स्कुलमा पढाउन थालेपछि उनको घरको आर्थिक स्थिति पनि क्रमशः सवल हुन थाल्यो ।

फर्पिङ स्कुलमा वासु शशी चाँडै विद्यार्थी प्रेमी भए । उनी त्यस स्कुलका प्रायः विद्यार्थीका प्रेरक बने । त्यहाँका विद्यार्थीहरू उनको काव्यात्मक व्यक्तित्वबाट प्रफुल्लित थिए । त्यसैले यिनकै संरक्षकत्वमा त्यस स्कुलमा विद्यार्थीको समूह तयार भइसकेको थियो । अनि त्यतिबेला उनी आफ्ना विद्यार्थीलाई भेला पारेर कविता सुनाइरहन्थे ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापनापछि उनी त्यतै लागे । त्यहाँ जागिरे भएर बसिन्जेल बालचन्द्र शर्मा र भवानी भिक्षुले उनलाई प्रोत्साहन गरिरहे । वास्तवमा उनका लागि ती दुबै प्राज्ञको धेरै नै सहयोग, सद्भावना र प्रेरणा प्राप्त भैरहृयो । त्यसैले पछिसम्म पनि उनले भनेका थिए "भवानी भिक्षु र बालचन्द्र शर्माको सङ्गत नपाएको भए शायद म वासु शशी बन्ने थिइँन होला ।"

वासु शशीका माइला दाजु गोविन्द वियोगी पनि साहित्य, समाजसेवा र राजनीतिमा धेरै नै चाख राख्थे । त्यसैले दाजुकै दौराका फेर समाएर वासु शशीले पनि यी तीनै थोकमा आफूलाई डुबाएका थिए । उनीहरू सारै मिल्थे अनि कति मिल्थे भनेे, उनीहरुमध्ये एक जना माटोको भर ढुङ्गा हुन्थे र अर्को जना ढुङ्गोको भर माटो हुन्थे । उनका दाजु मातृभूमि साप्ताहिकको सम्पादक पनि थिए । त्यस बेला मङ्गलवारको मातृभूमि नपढ्ने बौद्धिक जगत् प्रायः हुँदैनथ्यो ।

वासु शशीको सङ्गठनात्मक कौसलका नमुना थिए । त्यस बेला उनले रोदी नामक साहित्यिक संस्था पनि स्थापना गरेका थिए । रोदीमा उनीलगायत भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, हिमांशु थापा, कुमार नेपालको पनि सक्रिय संलग्नता थियो । अनि त्यसको नेतृत्वको जिम्मा वासु शशीलाई नै सर्वसम्मत गरिएको थियो । त्यति बेला रोदीमार्फत काठमाडौँमा साहित्यिक सभाहरू भइरहन्थे । उनी जीवन पर्यान्तै साहित्यिक सङ्गठनमा आवद्ध भैरहे र जीवनको अन्त्यमा सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष थिए ।

लेखेर र काम गरेर नै साहित्यमा वासु शशी अजर स्रष्टाको नाउँ बन्यो । उनको नाउँ खास गरेर कविका रूपमा नै सुप्रसिद्ध भयो । साथै उनले नाटककारका रूपमा पनि आफ्नो नाउँ सुन जस्तै चम्काए । उपन्यास र गीत लेखनका पनि उनी अब्बल दर्जाका स्रष्टा थिए । अनुवादमा पनि उनले त्यस्तै नाउँ कमाए । अनुवादसहित उनका नेपाली र नेवारी भाषा गरेर दुई दर्जन कृति प्रकाशनमा आए ।

वासु शशीले सामाजिक र साहित्यिक गरेर भारत, पाकिस्तान, श्रीलङ्का, जापान, रुमानिया, बेल्जियम, बेलायत, अमेरिकाको भ्रमण गरे ।

नेपाली समाजमा थोरै लोकप्रिय साधकहरूमा वासु शशीको पनि नाउँ आउँछ । लेखेर मात्रै उनी धुरी चढेका थिएनन् । उनी मिलनसार, सहयोगी र हक्की पनि थिए । तर उनी आफ्नो काममा समर्पित हुँदाहुँदै क्यान्सरबाट थला परे । उनको उपचारका लागि उनकी पत्नी जलुमले धेरै कसरत गरिन् । अन्ततः उनी भारतको टाटा मेमोरियल अस्पतालमा २०४९ चैत ४ गते स्वर्गीय भए । अनि भोलिपल्ट उनको पार्थिव शरीर काठमाडौं ल्याएर दाहसंस्कार गरिएको थियो । त्यसपछि जनस्तरबाट उनका नाउँमा वासु शशी स्मृति परिषद्को स्थापना भयो भने सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।