२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु

भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु
अ अ+ अ-

एजेन्सी । भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ ।

महाराष्ट्र राज्यको नागपुर शहरमा रहेको सोलार इन्डस्ट्रिज इन्डियामा कामदारहरू प्याकिङ क्षेत्रमा रहेका बेला विस्फोट भएको थियो ।

“नागपुरको सोलार इन्डस्ट्रिजमा भएको विस्फोटमा छ महिलासहित नौ जनाको मृत्यु भएको र यो अत्यन्त दुर्भाग्यपूर्ण छ,” राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् ।

कम्पनीले देशको रक्षा बलका लागि ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने गरेको उनले बताए ।

दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले छ हजार अमेरिकी डलर उपलब्ध गराउनेभएको छ ।

घटनामा कम्तीमा तीन जना कामदार घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भारतमा औद्योगिक विपत्तिहरू सामान्य छन् । यसका लागि विशेषज्ञहरूले खराब योजना र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनलाई दोष दिन्छन् ।

गत वर्ष बिहारको पूर्वी राज्यमा अवैध रूपमा पटाका उत्पादन भइरहेको एक घरमा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा दक्षिणी तमिलनाडु राज्यको एक पटाका कारखानामा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको थियो ।