२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक बन्दै एनएसएलको प्लेअफ होड, अझै पाएन दर्शकको साथ



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ ।

यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन । पहिलो संस्करणमा विराटनगर सिटीसहित ६ टोलीले प्रतिष्पर्धा गरेका थिए । यस पटक विराटनगर सहभागी भएन । दोस्रो संस्करणमा वीरगञ्ज युनाइटेड, स्पोर्टिङ इलाम र झापा एफसीले डेब्यु गरेका हुन् । तर डेब्युटेन्ट टोलीको प्रदर्शन सुखद् बन्न सकेन । यी तीनमध्ये स्पोर्टिङ इलामको प्लेअफ सम्भावना लगभग सकिएको छ । नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ता अञ्जन विष्टको कप्तानी रहेको झापाको भने आशा जीवित छ । विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा झापाले शुरुवात चरणमा धेरै संघर्ष गर्नुप¥यो ।

पछिल्ला खेलमा लयमा फर्किए पनि झापाको प्लेअफ सम्भावना सहज भने छैन । पाँचौं स्थानमा रहेको झापाले अब दुई खेल मात्र खेल्ने बाँकी छ । तर झापाभन्दा माथि शिर्ष चारमा रहेको अधिकांश टोलीले जारी सिजन राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरू नै प्लेअफका लागि बलिया दाबेदार देखिएका छन् । शिर्ष स्थानमा रहेको धनगढीले कुल आठ खेलमध्ये पाँच खेलबाटै ११ अंक बटुलेको छ । गत संस्करणको उपविजेता धनगढी यस सिजनको अपराजित दुई टोलीमध्ये एक पनि हो ।

धनगढीको यो सफलतामा अग्रपंक्तिका अहमद हिजाजी, ओलावाले अफिज र फोडे फोफनाको प्रदर्शन पनि हो । पाँच विदेशी खेलाडीमध्ये घानाका रिचर्ड एग्येमेङकले पनि रक्षापंक्तिमा राम्रो भुमिका खेल्दा धनगढी यस पटक पनि दाबेदारका रूपमा देखिएको छ । धनगढीभन्दा एक खेल बढी खेलेको पोखरा थन्डर्स अर्को बलियो टोली हो । गत सिजन पाँचौं स्थानमा रहेर लिग टुङ्गाएको पोखरा यस पटक ११ अंकसहित दोस्रो स्थानमा छ । गत सिजन बुटवल लुम्बिनीसँग समान ८ अंक भएपनि गोलअन्तरमा पछि पर्दै प्लेअफमा जान नपाएको पोखराले यस सिजन भने शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको छ ।

मार्की खेलाडी तथा राष्ट्रिय टोलीका सदस्य आयुष घलान यस सिजन चम्किँदा पोखराले यस सिजन बलियो दाबेदारी प्रश्तुत गरेको हो । गत संस्करणकै एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बाटो खोलेका आयुषले यस सिजन मिडफिल्ड राम्रो भुमिका खेल्दै विपक्षी टोलीका लागि चुनौति बनिरहेका छन् । राष्ट्रिय टोलीका भरपर्दा डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटी ६ खेलबाट १० अंकसहित तेस्रो छ । दुई खेल बाँकी छँदा ललितपुर दोस्रो अपराजित टोली हो । यस सिजन सबैभन्दा धेरै गोल (७) गर्ने टोलीमा ललितपुर संयुक्त रूपमा शिर्षमा छ ।

बलियो रंक्षापक्तिसँगै गोलकिपर जेफ्री विली मार्सेलले चार खेलमा क्लिन सिट राख्दा ललितपुर सिटी एफसीलाई यस सिजन दाबेदार टोलीका रूपमा उभ्याएको हो । चौथो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको पाँच खेलबाट ८ अंक छ । तीन खेल बाँकी रेजर्स अभैm उपाधि रक्षा गर्ने होडमा छ । मार्की तथा राष्ट्रिय टोलीका सदस्य हिसुब थपलियाको प्रदर्शन खासै राम्रो नरहे पनि पाँच विदेशी खेलाडीको साथ पाएपछि रेजर्सले शिर्षता दाबेदारी कायमै राखेको हो ।

रेजर्सको अग्रपंक्तिका एनकेङ्ग्यु जुनियर र सोखरुखको प्रदर्शन तारिफयोग्य छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगकै अनुभवी आन्द्रेस नियाले आफ्नो भुमिका राम्रोसँग निभाउँदा रेजर्स बलियो प्रतिद्वन्दीको रूपमा दोस्रो सिजन पनि उभिएको हो । तर, डेब्युटेन्ट टोली झापा, इलाम र वीरगञ्जसहित अन्य टोलीको प्रदर्शन भने सुखद् बन्न सकेन । गत सिजन पुछार रहेको लिग टुङ्गाएको एफसी चितवनको यस पटक पनि प्रदर्शन यादगार बन्न सकेन । यद्यपि, चितवन यस पटक पनि प्लेअफमा पुग्ने सम्भावना कठिन नै छ । अब चितवनले अन्तिम खेल झापासँग खेल्नेछ ।

त्यो खेलमा जितबाहेक आफूभन्दा माथि रहेका टोलीको हार कल्पना गर्नुपर्नेछ । तर त्यो नतिजा आउन असम्भव जस्तै देखिन्छ । तथापि, यस पटक ९ खेल बाँकी रहेकाले अभैm यही टोली शिर्ष चारमा रहन्छन् भन्न सकिने अवस्था भने छैन । नेपालमा पहिलोपटक फ्रेन्चाइज फुटबल लिगको शुरुवात वि.सं. २०७६ मा भएको थियो । देशमा कोराना महामारी पैmलिरहेको समयमा पनि कठिन अवस्थाका बीच एनएसएलको पहिलो संस्करण सम्पन्न हुन पुग्यो । त्यो आयोजनालाई दर्शकले प्रत्यक्ष रूपमा हेर्न पाएनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को राजनीति चेपाइमा परेपछि एनएसएलको दोस्रो आयोजना लामो समय प्रभावित बन्न पुग्यो । त्यो पनि करिव साढे दुुई वर्षसम्म । लामो समयको पर्खाइपछि दोस्रो संस्करण भयो । त्यो पनि केही परिस्कृत नियमसहित । यस सिजन युरोपेली फुटबल अनुभवी फलोउ डियाग्नेले धनगढीबाट पनि खेलिरहेका छन् । उमेर पाका फलोउको प्रदर्शन आशातित बन्न सकेको भने छैन । तर, अफ्रिकन र केही नयाँ फुटबरले नेपाली फुटबलमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन दिए पनि २७ खेल सकिँदासम्म दर्शकको साथ भने एनएसएलले पाउन सकेको छैन ।