• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

देशको राजनीतिलाई अलपत्र अवस्थामा चलाउन दिँदैनौँः ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताउनुभएको छ ।

आईतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमामा जोड दिएको बताउनु भयो । उहाँले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाउनु भयो । उहाँले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गर्नुभयो । उहाँले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो यात्रा अत्यन्तै रमाइलो बीचका सांस्कृतिक कार्यक्रमहरु, सांस्कृतिक विभिन्न झाँकी, पहिरनदेखि अनेक कुरा ग्रहण गरेका छौँ । स्थानीय खाना, पहिरन, नृत्य, वाद्यवादन, संगीतसँग परिचित भएर सँगै हिँडेका छौँ । यो यात्र अत्यन्त सफल भएको छ । राजनीतिक हिसावले यो यात्रा आजको देशको बिग्रँदो अवस्था जो छ, जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादी बनाउन र यो अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको छ ।

अरु पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा चल्नु हुँदैन, देशको राजनीतिले सही बाटो र निकास निकाल्नुपर्छ । यहाँ देश र जनताको समय खेर गइरहेको छ । आउँदो पिढीको भविष्य अफ्ठ्यारोतर्फ धकेलिँदै छ । यस्तो अवस्थाबाट देशलाई जोगाउन यस संकल्प यात्राले असाधारण योगदान गरेको छ ।’

नेकपा (एमाले) ले झुलाघाटबाट शुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।