२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छः केपी ओली

संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छः केपी ओली
अ अ+ अ-

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताउनुभएको छ ।

मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन गर्दै ओलीले नेकपा एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको दाबी गर्नुभयो ।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताउनुभयो । यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले बताउनुभयो । ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गर्नुभयो । ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ’, उहाँले भन्नुभयो ।

ओलीले अहिले देशको राजनीति अहिले अन्यौलता तर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको उहाँको भनाइ छ । ‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ’, ओलीले भन्नुभयो ।

देशका सामु अहिले धेरै चुनौती रहेको बताउँदै ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको दाबी गर्नुभयो । ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा संकल्प यात्राले दिएको बताउनुभयो । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर मात्र देशमा समृद्धि कायम गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरु गर्नुभएको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गर्नुभएको हो ।

उहाँले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिनुभयो । उहाँले यात्रामा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालको इतिहासमा नै राजनीतिक दलको तर्फबाट आयोजना गरिएको यति लामो यात्राको नेतृत्व सुरुको विन्दु बैतडी स्थित महाकाली नदी किनारको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुभयो । यात्राको क्रममा मध्यपहाडका अधिकांश जिल्लामा टोली पुगेको छ ।

सो क्रममा एमाले अध्यक्ष लगायत अभियानमा संलग्न नेताहरूलाई स्वागत गर्न हजारौँको सङ्ख्यामा नागरिकहरू ठाउँ ठाउँमा भेला हुनुभएको थियो । नागरिकले एमालेको अभियानमा साथ र समर्थन जनाउनुभएको थियो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो । यात्राका क्रममा प्राप्त सुझा, ध्यानाकर्षण पत्र, ज्ञापन पत्र समेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।